श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको २६ गते मंगलवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरदऋतुअन्तर्गत कार्तिक शुक्लपक्षको पूर्णिमा तिथि बेलुका ७।४ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । भरणी नक्षत्र राति ९।५० बजेसम्म रहनेछन् । यसैगरी आज व्यतिपात योग र भद्रा करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।२३ मा छ भने सूर्यास्त बेलुका ५।११ बजे हुनेछ ।
चन्द्रमा आज मेष राशिमा छन् । आज पूर्णिमा व्रतका साथै कार्तिकस्नान एवं चतुर्मासव्रतको पनि समापन गर्ने दिन हो ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्