सफल क्रिकेटर ‘स्यान्डी’ अर्थात् सन्दिप


हरेकपल November 12, 2019

-आभास बुढाथाेकी-

छोटो समयमै नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दिप लामिछाने । उत्कृष्ट प्रदर्शन र बलिङको मद्दतले नेपालको नाम विश्वमै उँचो पारिसकेका उनले । सानै उमेरमा चर्चाको शिखरमा पुग्न सफल सन्दिपले लाखौं फ्यानहरु कमाएका छन् । बिश्वकै धनि क्रिकेट लिग इन्डियन प्रिमियर लिग आईपीएल टि–२० खेलेपछि उनको चर्चाले शिखर चुमेको हो । त्यसो त सन्दिप एकाएक सफल बनेका होइनन् ।

परिश्रम नगरी मिठो फल प्राप्त हुदैन भन्ने राम्ररी थाहा थियो उनलाई । सन् २०१६ सालदेखि औपचारिकरुपमा क्रिकेट खेल्न सुरू गरेका सन्दिप निकै छोटो समयमा सफल क्रिकेटरको रूपमा स्थापित छन् । उनको जन्म २ अगष्ट २००० मा भएको हो । सन्दिपका बुबा भारतीय रेलवे स्टेशनमा काम गर्ने गर्थे, त्यसैले उनले कक्षा ४ सम्मको शिक्षा भारतमै हासिल गरे । सचिन तेन्दुलकर र शेन वार्नलाई आफ्नो आईडल मान्ने सन्दिप भारतमा रहँदा पनि क्रिकेट खेल्ने गर्थे ।

सन्दिपको जन्म स्याङ्जाको आरुचौर-तालपोखरीमा भएको थियो। सानोमै भारतीय रेलवेमा जागिरे आफ्नो बाबु चन्द्र नारायण लामिछानेसंग सन्दिप पढाईको लागि भारत पुगेका थिए। भारत ४ कक्षासम पढ्ने क्रममा बस्दा सन्दिपको क्रिकेट खेलसंग परिचय भएको थियो।
सन्दिपले चितवनको नारायणगढ स्थित क्याम्पसचौरमा ( क्यापाचौर ) रहेको चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन्।

उनी पढाईमा पनि उत्तिनै अब्बल भएको हुनाले उनलाई परिवारको पनि राम्रो सपोर्ट थियो । एकदिन राष्ट्रिय टिमबाट क्रिकेट खेल्ने सपना बोकेर सन्दिप क्रिकेट सिक्नको लागि चितवन क्रिकेट एकेडेमीमा भर्ना भएर आफुलाई निखारे । राष्ट्रिय टिमका पूर्व कप्तान राजु खड्काको प्रशिक्षण पाएका उनले आफ्नो खेललाई अझै निखार बनाउदै लगे । नयाँ प्रतिभाको खोजिमा चितवन पुगेका तत्कालिन राष्ट्रिय टिमका कप्तान पारस खड्का र कोच पुबुदु दसानायाके सन्दिपको बलिङ देखेर प्रभावित भई उनलाई सन् २०१५–०१७ सम्म चलेको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्ने मौका दिइयो ।

सन्दीप लेग स्पिन बलर हुन् । सन् २०१६ मा नामिबिया विरूद्धको खेल नै उनको पहिलो औपचारीक खेल हो । नौलो बलिङकै कारणले नै उनी बंगलादेशमा भएको यु–१९ क्रिकेट विश्वकप खेल्न छनोट भए । आफ्नो सपना पुरा गर्ने गतिलो अवसर पाएका सन्दिपले खेलमा उत्कृष्ट प्रदर्शन गरे । उनले आयरल्याण्ड विरूद्धको दोस्रो खेलमा ह्याट्रिक विकेट लिदै म्यान अफ द म्याच समेत भए । इतिहासमै उनी यु–१९ विश्वकपमा ह्याट्रिक लिने पाचौँ खेलाडीमा पर्छन् । सन् २०१६ सन्दिपको लागि निकै महत्वपूर्ण वर्ष बन्न पुग्यो ।

२०१६ सेप्टेम्बरमै अष्ट्रेलियाका पूर्व कप्तान माईकल क्लार्कले सन्दिपलाई सिड्नीमा खेल्न निम्तो पठाए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको अनुभव र बलिङ निकै उत्कृष्ट भएको हुनाले उनी २०१८ को इण्डियन प्रिमिएर लिग (आईपिएल)को अक्सनमा परे । विश्वकै सर्वाधिक महङ्गो क्रिकेट प्रतियोगिता आईपिएलमा उनले दिल्ली डेरडेभिल्सबाट खेल्ने मौका पाए । उनी आईपिएल खेल्ने नेपालको पहिलो खेलाडीहुन् । उनलाई ‘स्यान्डी’, ‘नेपाली शेन वार्न’ भनेर पनि चिनिन्छ ।

नेपाली लेग स्पिनर सन्दिप लामिछाने आईपीएल खेल्ने पहिलो नेपाली भएका छन्। आईपीएलको बेन्गलुरुमा जारि अक्सनमा सन्दिपलाई दिल्ली डेयर डेभिल्स टिमले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो। लेग स्पिन बलिंग र गुगलीको कारण परिचित सन्दिप आईपीएल अक्सन सुचीको २७६ औं नम्बरमा थिए र एसोसिएट राष्ट्रबाट यो सुचीमा पर्ने दोश्रो खेलाडी थिए।

सन्दिपको नाम आएको केहि समय कुनै टोलिले पनि उनीमा इच्छा देखाएनन्। तर अक्सनर हेड्लीले पुनः रु २० लाख मात्र भनेपछि दिल्लीले सन्दिपलाई बोलि लगाएको थियो। दिल्ली बाहेक अन्य टोलिले इच्छा नदेखाउँदा सन्दिप बेस प्राइसमा दिल्लीमा अनुबन्धन भए। अब सन् २०१८ को आईपिएल सिजन सन्दिपले दिल्लीबाट खेल्नेछन्। दिल्लीको टोलीमा गौतम गम्भीर, ग्लेन म्याक्स्वेल, कागीसो रबाडा जस्ता खेलाडी रहेका छन्। सन्दिप आईपिएल खेल्ने पहिलो नेपाली खेलाडीपनि बने। यसअघि पनि उनको नाम पाकिस्तानी सुपर लिग र बङ्गलादेश प्रिमियर लिगको ड्राफ्टमा आएपनि उनी अनुबन्धित भने भएका थिएनन्।

आईपिएलमा अनुभवी क्रिकेट खेलाडीहरूसँग खेलेका सन्दिपले अन्य देशका धेरै वटा लिग पनि खेलिसकेका छन् । उनले बंगलादेशको बीपीएल, अस्ट्रेलियाको बिग बास, वेष्ट इण्डिजको सीपीएल, पाकिस्तानको पीएसएल, अफगानिस्तानको एपीएल, क्यानडाको ग्लोबल टी–ट्वान्टी र युएईको टी–ट्वान्टी लिग खेलिसकेका छन् ।

त्यसो त सन्दिपको परिचय क्रिकेट खेलमा मात्र चर्चित छैन उनले गायककोरुपमा धेरै कभर गीतहरू र आफैले रचना गरेका गीतहरू गाएका छन । उनको ‘उदास थियो’, ‘यो झरीमा’, ‘तिमि नै छौं’, ‘भेटु कसर’,आदि गीतहरू गाएका छन् । हाल मात्रै उनले बुढानिलकण्ठमा ६ करोडको घर किनेका छन् । सन्दिप धेरै युवाहरूको लागी प्रेरणाको स्रोत बन्न सफल भएका छन् ।