काठमाडौँ,२६ कार्तिक । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपालको ४ दिने औपचारिक राजकीय भ्रमणका लागि नेपाल आइसक्नु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्वागत गर्नुभएको छ ।
औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको राजकीय भ्रमणमा आउनु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद आजदेखि २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा रहनुहुनेछ ।