काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बुधबार पनि भारतीय हस्तक्षेपका विरुद्ध प्रदर्शन गरेको छ । नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पसको आयोजनामा नेपाल टार ,बाइपास ,माछापोखरीक्षेत्रमा भारतीय हस्तक्षेप विरुद्ध प्रदर्शन गरेको हो ।
नेविसंघ निबर्तमान केन्द्रिय सदस्य सुसिल भट्टको नेतृत्वमा भएको बिरोध प्रदर्सनमा नेबिसघका नेताहरू निरन्जन थापा,इस्बर अधिकारी ,पबन थापा,सन्तोष गुरुङ ,सुबास घिमिरे ,स्बइच्छा उप्रेती ,ठाकुर प्रसाद नेपाल ,लक्ष्मी सिलबाल,किरण भट्टराई ,जिबन राना,प्रबिन गुरुङ ,बिसाल देबकोटा ,सन्तोष दाहल,सौरब घिमिरे ,प्रदीप जग साह,सुस्मिता गुरुङ ,सुसिल ढकाल ,भिम अधिकारी लगायत विद्यार्थी ,स्थानीय बासिको उपस्थिति रहेको थियो ।नेपालटार ग्रामिण र एन आर कलेजबाट सुरु भएको विरोध र्याली बालाजु परिक्रमा गरेर क्याम्पसमै पुगेर समापन भएको थियो । भारतले नेपाली भूमि कालापानी, लिपुलेकलाई समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा नेविसंघ काठमाडौंका विभिन्न स्थानमा दिनदिनै प्रदर्शन गर्दै आएको छ ।








