राष्ट्रपति हमिद तीव्र भेटघाटमा


हरेकपल November 13, 2019

काठमाडौं, २७ कात्तिक । बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बुधबार बिहान नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रपति हमिदसँग भेटवार्ता गरेका छन्  ।

नेपालको चारदिने भ्रमणमा रहेका हमिदसँग भेटवार्ताका लागि प्रचण्ड राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा पुगेका थिए । यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले हमिदलाई भेटेका थिए ।

यसैगरी २ बजेदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रपति हमिदबीच भेटवार्ता हुँदै छ । यसैगरी हमिदले दिउँसो २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै छन् । सवा ३ बजे उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र राष्ट्रपति हमिदबीच भेटवार्ता हुनेछ ।

त्यसपछि राष्ट्रपति हमिद समकक्षी विद्या भण्डारीबीच शीतलनिवासमा भेटवार्ता हुनेछ । हमिदको सम्मानमा राष्ट्रपति भण्डारीले साँझ साढे ६ बजे दरबारमार्गस्थित होटल याक एण्ड यतीमा रात्रिभोज आयोजना गरेकी छन् ।