बङ्गलादेशका राष्ट्रपति हमिद पर्यटकिय नगरी पोखरामा (हेर्नुहोस्)

हरेकपल November 14, 2019

पोखरा, २८ कात्तिक । नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पर्यटकिय नगरी पोखरामा हुनुहुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चार दिवसीय भ्रमणअन्तर्गत पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आफ्नी धर्मपत्नीका साथ राष्ट्रपति हमिद आज पोखरा पग्नुभएकाे हो ।

काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा राष्ट्रपति हमिद जानु भएको हो । सो अवसरमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उहाँको स्वागत गर्नुभयो ।

सोही अवसरमा राष्ट्रपति हमिदसमक्ष पञ्चकन्याद्वारा फूल अर्पण गर्नुका साथै पञ्चेबाजाको धुनबाट भव्य स्वागत गरिएको छ । विमानस्थलबाट राष्ट्रपति हमिद आरामका लागि फिस्टेल होटल पुग्नुभएको छ । त्यसपछि, उहाँ पोखराको फेवातालमा जलविहार गर्नु भयाे ।

हेर्नुहोस् फोटोः

बङ्गलादेशका राष्ट्रपति हमिदको स्वागतमा पञ्चकन्या नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई बिहीबार पोखरा विमानस्थलमा स्वागतका लागि बसेका पञ्चकन्या । तस्बिरः जमुना वर्षा शर्मा
बंगलादेशका पाहुना फेवातालमा
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल भ्रमणमा रहनुभएका भ्रमण दलका सदस्यहरु बिहीबार पोखराको फेवातालमा डुङ्गा शयर गर्दै । तस्बिर प्रदीपराज वन्तः रासस