दाङ, २८ कार्तिक । नेपाली कांग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले सिमाका बिषयमा भारतसँग ओली नेतृत्वको वर्तमान सरकारको मिलेमतो भएको गम्भीर आरोप लगाएका छन् ।
नेता महरले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि रोस प्रकट गर्दै भने, ‘चार भाषामा भारतका प्रधानमन्त्री मोदिलाई जन्मदिनको शुभकामना दिन सक्ने केपी ओलीले भएको सिमाको विषयमा कुनै अभिव्यक्ति नदिनुले यसमा सरकार कै मिलेमतो रहेको र सरकार राष्ट्रियताको विषयमा कमजोर सावित भएको प्रष्ट हुन्छ ।’
नेपाली कांग्रेस जिल्ला कार्य समिति दाङले बिहिबार आयोजना गरेको दाङ क्षेत्र न ३ प्रदेश ख को चुनावी सभालाई सम्वोधन गर्दै नेता महरले वर्तमान सरकारप्रति जनताको वितृष्णा पैदा भएको जिकिर गरे ।उनले नेकपा सरकारले २२ महिना अगाडी जनतासामु गरेका प्रतिवद्धता पूरा गर्न नसकेकाले जनताले कांग्रेस खोजिरहेको बताएका छन् ।
‘सरकारसँग कुनै ठोस कार्ययोजना नभएर हौवा फैलाउने कार्य गरेको छ र यसबाट मजदुरदेखि मालिकसम्म र विद्यार्थीदेखि शिक्षकसम्म कहिकतैबाट पनि सरकारको काम प्रति असन्तुष्ट देखिएका छन्’ नेता महरले भने ।
कार्यक्रममा पार्टी सभापति कृतवहादुर खड्का, प्रदेश सभा उम्मेदवार केशव आचार्य पुर्व सांसद वुद्धिराम भण्डारी लगायत नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा ३ सय जना भन्दा बढी नेकपा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।