कर्मचारीको उमेर हद दुई वर्ष बढ्ने, ६० वर्षपछि मात्र अनिवार्य अवकाश


हरेकपल November 14, 2019

काठमाडौं, २८ कार्तिक । निजामती कर्मचारीको सेवा अवधि दुई वर्ष थपिएर ६० वर्ष पुग्ने भएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने निर्णय गरेको हो ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरूको व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा समितिले कर्मचारीको उमेर हदसम्बन्धी दफा पास गरेको हो । तर यो हरेक वर्ष ६/६ महिना थपिनेछ र २०२१ सालदेखि मात्र पूर्ण रुपमा लागू हुने गरी कानूनी व्यवस्था गर्ने समितिको निर्णय छ ।

विधेयकको दफा ५० मा ‘साठी वर्ष उमेर पूरा भएको निजामती कर्मचारीले निजामती सेवाबाट स्वतः अवकाश पाउनेछ’ भन्ने उल्लेख छ । हाल कर्मचारीको उमेर हद ५८ वर्ष रहेको छ ।