काठमाडौं, २८ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुुमारी अर्यालले सहकारी संस्था आफैँ सुुशासनमा बस्न जरुरी रहेको बताउनुभएको छ । रिलायबल बचत तथा ऋण सहकारी संस्थाको २१औँ वार्षिक साधारणसभाका अवसरमा बोल्दै मन्त्री अर्यालले बाह्य अनुुगमनको ख्याल गर्न सुझाब दिनुभयो ।
राज्यले नेफ्स्कुुनलगायत विषयगत संघहरुले आफ्नो सदस्य संस्थाको अनुुगमन गर्ने व्यवस्था गरेको उल्लेख गर्दै मन्त्री अर्यालले यसलाई प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो । विषय र कार्यक्षेत्र मिल्ने संस्था एकीकरण गरी बलियो संस्था बनाउनुपर्नेमा जोड दिँदै उहाँले संस्थाहरुको संस्थाको औचित्य पुुष्टि संख्याले नभएर गतिविधिले गर्ने बताउनुभयो ।
सस्थाकी अध्यक्ष एव आइसिए ग्लोबल मेम्बर ओमदेवी मल्लले नेपाल सरकारले ल्याएको ऐन अनिवार्य रुपमा लागू गरेर जानुपर्ने र प्रत्येक सहकारी संस्थाले आफ्ना सदस्यलाई जिम्मेवार बनाउन तालिम र शिक्षाको ढोकालाई फराकिलो बनाउनुुपर्ने बताउनुभयो । सेयर सदस्यहरुबाट आफूलाई उत्साहका साथै प्रेरणा र सद्भाब मिलेको उहाँले बताउनुभयो ।
स्मार्ट बैंकिङ र सदस्य बिमा योजना लागू
रिलायबल बचत तथा ऋण सहकारी संस्थाले २१औँ वार्षिक साधारणसभाका अवसरमा स्मार्ट बैकिङ सेवा सुुरुवात गरेको छ । संस्थाले सदस्यलाई ई तथा एसएमएस बैंकिङ, युुटिलिटी बिल भुुक्तानी सेवालगायत सुुविधा प्रदान गर्ने घोषणा गर्नुुका साथै यसको प्रयोगबारे जानकारी दिएको थियो । रिलायबल सहकारीले संस्थाका सदस्यका लागि स्वास्थ्य बिमा र जीवन बिमाका विभिन्न योजनाबारे सदस्यलाई जानकारी गराइएको थियो ।
राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले अब सहकारीले नयाँ प्रविधिलाई अवलम्बन गर्नुुपर्ने बताउँदै नयाँ र स्मार्ट बैकिङ सेवा प्रदान गर्न सके मात्र सदस्यको वित्तीय आवश्यकता पूरा हुुने बताउनुभयो । राष्ट्रिय सहकारी संघका पूर्वउपाध्यक्ष विजयराज घिमिरेले कुुशल नेतृत्वले संस्थालाई सफलतातर्फ डोहोर्याउने बताउनुभयो । घिमिरेले यस संस्थाले अभियानलाई नै हाँक्ने नेतृत्व पाएको बताउनुभयो ।
नेफ्स्कुुन सञ्चालक एवम् कास्कुनका अध्यक्ष दीपक पनेरुले धेरै संस्थामा एकैजना सदस्य हुुने व्यवस्थालाई ऐनले रोक लगाएकले राम्रो संस्था रोज्नुुपर्ने अवस्था आएको बताउनुभयो ।
जिल्ला सहकारी संघ लि.का काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईंले सहकारी अभियानलाई कस्तो बनाउने भन्ने कुरा सहकारीकर्मीकै हातमा रहेको र सहकारी अभियन्ताले समेत यसलाई मनन गरेर अघि बढाउनुुपर्ने बताउनुभयो ।
उत्कृष्ट सञ्चालक, कर्मचारी, सदस्य तथा ज्येष्ठ नागरिक सम्मानित
वार्षिक साधारणसभाका अवसरमा उत्कृष्ट सञ्चालक, उत्कृष्ट कर्मचारी, उत्कृष्ट बालबचतकर्ता र उत्कृष्ट ऋणीलाई सम्मानित गरिएकोको थियो । साथै संस्थाले दुईजना ज्येष्ठ सदस्यलाई समेत सम्मानित गरेको छ ।
वार्षिक साधारणसभामा संस्थाका सञ्चालक विपिन शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका सञ्चालक लोकविक्रम थापाले धन्यवाद ज्ञापन गर्नुुभएको थियो । संस्थाका सचिव विजयसुन्दर खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।