बंगलादेशी राष्ट्रपति हमिद चन्द्रागिरि र पाटन भ्रमणपछि आजै स्वदेश फर्कंदै


हरेकपल November 15, 2019

काठमाडौं, २९ कात्तिक । चारदिने नेपालको औपचारिक भ्रमणमा आएका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज साँझ ५ बजे स्वदेश फर्किंदै छन् । हिजो पोखरा भ्रमण गरी फर्किएका हमिद आज भने उनी चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकनपछि स्वदेश फर्किने भएका हुन् ।

बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर पुगेर राष्ट्रपति हमिद अपराह्न ५ बजे स्वदेश फिर्ता हुने कार्यतालिका छ ।

परराष्ट्र मन्त्रालयअनुसार उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्ने कार्यक्रम छ।