यस्तो निर्णय गर्यो नेशनल को–अपरेटर्स एलाइन्स काठमाडौंले


हरेकपल November 15, 2019

काठमाडौं, २९ कार्तिक । नेशनल को–अपरेटर्स एलाइन्स नेपाल (एनसिए), काठमार्डौको नवनिर्वाचत कार्यसमितिको पहिलो बैठक आज बस्यो ।

एनसिए काठमाडौं जिल्लाका अध्यक्ष पुष्पबहादुर पौडेलको अध्यक्षतामा बसेको बैठकले एनसिएको काठमाडौंमा नगर कार्यसमिति अविलम्ब गठन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी एनसिए काठमाडौं क्षेत्रिय समितिहरु अधिवेशन मार्फत पुनर्गठन गर्ने भएको छ । आजको बैठकले पहिलो अधिवेशनमा सहयोग पुर्याउने संघसंस्थालगायत सबैलाई धन्यवाद प्रस्ताव समेत पारित गरेको बताइएको छ ।