मोहम्मद अफ्ताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश


हरेकपल November 15, 2019

रौतहट, २९ कात्तिक । सांसद मोहम्मद अफ्ताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत रौतहटले आदेश दिएको छ । उनीमाथि बम विस्फोट गराएको र त्यसमा घाइते भएकालाई इँटाभट्टामा जलाएको आरोप लागेकाे छ ।

२६ असोजमा पक्राउ परेका आलममाथि ०६४ साल चैत २७ गते भएको राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोप लागेका आलममाथि विस्फोटक पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ । 

अदालतले आलमसहितका व्यक्तिले दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको सरकारी वकिल कार्यालयको अभियोगका आधारमा पूर्पक्षका लागि जिल्ला थुनामा पठाएको हो ।