काठमाडौं, २९ कात्तिक । नेपाललाई प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि प्राप्त दिलाउने नेपाली महिला भलिबल टिमका सदस्यले जनही तीन लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले ऐतिहासिक उपाधि जिताएका कारण नेपाली महिला खेलाडीलाई नगद पुरस्कारबाट सम्मान गर्ने भएकाे हाे ।
समूह चरणमा अपराजित रहने क्रममा नेपालले आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानलाई पनि सहज रुपमा पराजित गरेको थियो ।
बंगलादेशको राजधानी ढाकामा बिहीबार सम्पन्न महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले जितेको थियो । नेपालले अन्तर्राष्ट्रिय उपाधि जितेको पहिलोपटक हो । नेपालले माल्दिभ्समाथि ३–० सेटको जित हात पारेको थियो ।