‘गो ब्याक इन्डिया र गो ब्याक चाइना’ भन्दै ततायो नेविसंघले सडक


हरेकपल November 17, 2019

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाली भूमि अतिक्रमण विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

आज माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा ‘गो ब्याक इन्डिया र गो ब्याक चाइना’को नारासमेत लगाएका थिए । दुबैतर्फबाट भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेकोले उनीहरुले नेपाली भूमि छोडेर पछि हट्नुपर्ने माग गरेका थिए ।

माइतीघर वरिपरि नाराबाजीसहित मण्डला घुमिरहेका प्रदर्शनकारीहरुलाई प्रहरीले रोकेको थियो । प्रहरीले अवरोधपछि उनीहरु मण्डलाको भित्रीभागमा रहेर नाराबाजी गरेका थिए ।


निर्वतमान महामन्त्री सरोज थापाले हरेकपलसंग कुरा गर्दै भन्नुभयो, “प्रदर्शन गर्दै अगाडि बढ्दा प्रहरीले लाठी चार्ज र्गयो । हाम्रा केही साथीलाई चोट लागेपछि हाम्रोतिरबाट पनि ढुंगामुढा भएको हो” ।