प्रचण्डलाई कार्यकारी अध्यक्ष र पोखरेललाई कावा प्रम दिएर प्रधानमन्त्री ओली उपचारका लागि अमेरिका जाने


हरेकपल November 17, 2019

काठमाडौं, १ मंसिर । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाने भएपछि उनको अनुपस्थितिमा काम गर्नका लागि नेकपाले सरकार तथा पार्टीको नेतृत्वको टुंगो लगाउन आइतबार द्ध बजेका लागि सचिवालय बैठक राखेको छ ।

बालुवाटार स्रोतले जानकारी दिएअनुसार नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डलाई दिने र कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिने तयारी छ ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गर्न केही समय लाग्ने बताइएको छ । मिर्गौला प्रत्यारोपणका लागि चाँजोपाँजो मिलाउन अमेरिका गएकी प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह अमेरिका पुगेर नेपाल फर्किसकेकी छिन् ।

आजकै बैठकले पार्टी अध्यक्षको कार्यकारी भूमिका प्रचण्डलाई दिने तयारी छ । तर, प्रधानमन्त्रीय व्यवस्थामा कार्यवाहक प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक आह्वान गर्न नमिल्ने भएकाले प्रधानमन्त्रीको अनुपस्थितिमा के गर्ने भन्ने विषयमा भने अन्योल कायमै रहेको छ ।