नेविसंघ आन्दोलनमा प्रहरी हस्तक्षेप ६ पक्राउ १ घाइते


हरेकपल November 17, 2019

मंसिर १, काठमाडौं
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाली भूमि अतिक्रमणको विरोधमा गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।


लिपुलेक, कालापानी लगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको र चाइनाले सिमा मिचेको विरोधमा नेविसंघले राजधानीमा निकालेको प्रदर्शनमा प्रहरीले अवरोध गरेको हो । प्रहरीको कुटाइबाट घाइते भएका विद्यार्थी नेता कृष्ण पुडासैनीको टाउकोमा सात टाँका लगाइएको छ । भने नवराज त्रिपाठी, मनिस सिंखडा, दीपक ओझा, सरोज थापा, सन्तोष पाण्डे, दिपेश ओली लगायतका विद्यार्थी नेताहरु पक्राउ परेका छन् ।


नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले पक्राउ परेकालाई तत्काल रिहा नगरे प्रहरी प्रशासन विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । राष्ट्रियताको सवालमा नेविसंघले कसैसँग कहिल्यै सम्झौता नगर्ने भन्दै काफ्लेले भारतीय विस्तारवाद विरुद्धको आन्दोलन जारी रहने बताउनुभयो ।