कांग्रेसका नेता कृष्णलाल भँडेललाई मातृशोक


हरेकपल November 17, 2019

काठमाडौं १ मंसिर ।
भक्तपुरका नेपाली कांग्रेसका नेता कृष्णलाल भँडेललाई मातृशोक परेको छ । आगामी मंसिर १४ गते सम्पन्न हुन गैरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट भक्तपुर जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ का प्रदेश सभा सदस्य पदका उम्मेदवार कृष्णलाल भँडेलका माता ८६ वर्षीया सेतीमाया भडेलको आज विहान ५ बजे मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

भँडेलकी दिवंगत माताको आज बिहानै पशु्पतिमा दाहासंस्कार भयो । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बिहान पुशपति पुग्नुभएको थियो ।

उहाँले ८६ वर्षीया सेतीमाया भँडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्नुभएको छ । साथै, नेपाली कांग्रेस पार्टी र उहाँको व्यक्तिगत तर्फबाट शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नु भएको छ ।

आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको प्रचारप्रसारमा लाग्नुभएका भँडेललाई परेको मातृशोकप्रति हरेकपलको तर्फबाट हार्दिक समवेदना साथै दिवंगत आत्माको चीर शान्तिको कामना ।