भारतको को-अपरेटर्सको अवलोकन टिमलाई स्वागत


हरेकपल November 17, 2019

काठमाडाैं, १ मंसिर । मित्रराष्ट्र भारत कर्नाटक राज्यबाट नेपालको भ्रमणमा आउनुुभएका वासवेश्वरा सूचना संघ लि‍का बाेर्ड डाइरेक्टरहरुलाई युुनिफिकेशन बचत तथा ऋण सहकारी संस्थाले स्वागत कार्यक्रमकाे आयाेजना गर्याे ।

९ जनाको अवलाेकन भ्रमण टाेलीलाई युुनिफिकेशन साकाेसका अध्यक्ष कमलराज अधिकारीले स्वागत गर्नुुभएको थियो । सो अवसरमा भारतबाट आउनुुभएका टोली प्रमुख गुरुनाथ जन्तिकरले भारतका सहकारीहरुको सञ्चालनको प्रक्रिया, चुनौती तथा सफलता लगायतको बिषयमा आफ्नो भनाई राख्नुुभएको थियो । त्यसैगरी उहाँले सहकारीको नेपाल र भारतमा हुुने सकारात्मक पक्षहरुलाई एक अर्काले सिक्नुुपर्ने बताउनुुभएको थियो ।

कार्यक्रममा नेपालको तर्फबाट युुनिफिकेशन साकाेसका अध्यक्ष अधिकारीले नेपाल र भारतमा सहकारी संस्था सञ्चालकहरुबीचमा नियमित समन्वय र सहकार्य कायम गरेर अगाडी बढ्नुुपर्ने विचार व्यक्त गर्नुुभएको थियो । सो क्रममा उहाँले निर्देशकहरुको टिमलाई स्वागत गर्न पाँउदा आफुुँलाई खुुसि लागेको बताउनुुभएको थियो ।