भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी


हरेकपल November 17, 2019

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएको छ । स्रोतकाअनुसार भोलि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भएको बुझिएको छ । आज बसेको नेकपा सचिवालयले मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्रीलाई अनुमति दिएको हो ।

बैठकले दिएको म्यान्डेड अनुसार प्रधानमन्त्रीले भोलि मन्त्रिपरिषद् पुनगर्ठन गर्ने तयारी गर्नुभएको बालुवाटार स्राेतले हरेकपललाई जानकारी दिएकाे छ । याे संगै यतिखेर अहिले मन्त्री परिषद्मा रहनुभएका को – काे बाहिरिने हुन् भन्ने चर्चा चुलिएको छ । सरकारमा काे रहने र काे बाहिरिने भन्ने कुराको टुंगो भने भोलि मात्र लाग्ने स्रोतले बताएको छ ।

पछिल्लो समय सरकार आलोचित बन्दै गएपछि आफ्नो सचिवालयका सल्लाहकार सदस्यहरू लाई राजिनामा दिन लगाउनु भएका प्रधानमन्त्री ओलीले सरकारबाट पनि पूराना आलोचित अनुहारलाई हटाएर नयाँलाई समेट्ने तयारी गरेको स्रोतको दावी छ ।