आज मंगलवार, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ मंसिर ३ गते


हरेकपल November 19, 2019


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल मंसिर महिनाको ३ गते मंगलवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष कृष्णपक्षको सप्तमी तिथि दिवा १।५२ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । तिष्य नक्षत्र राति ९।४९ बजेसम्म रहनेछन् । यसैगरी आज ब्रह्म योग र बालव करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।२८ मा छ भने सूर्यास्त बेलुका ५।८ बजे हुनेछ ।


चन्द्रमा आज कर्कट राशिमा छन् । आज मंगलवार गणेशजीको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्