कांग्रेसको १३ सदस्यीय स्वयं सेवक परिचालन मूल समिति गठन


हरेकपल November 19, 2019

पोखरा ३ मंसिर । कमल पौडेल अथक

नेपाली कांग्रेस कास्की क्षेत्र नं २ अन्तर्गत हुन गैरहेको उपनिर्वाचनलाई मध्येनजर गर्दै स्वयं सेवक परिचालन मूल समिति गठन गरिएको छ । कांग्रेस नेता सिकन्दरकुमार गुरुङ भोजेको संयोजकत्वमा १३ सदस्यीय मूल समिति गठन गरिएको हो ।

समितिको उपसंयोजकमा प्रेमलाल पुन, सदस्यहरुमा प्रमोद कोइराला, ढकवहादुर थापा, लक्ष्मण थापा, मनवहादुर विक, सितल अधिकारी, अब्दुलमजिद मिया, मीनवहादुर गुरुङ, सनवहादुर गुरुङ, दयाराज भण्डारी, माधव आचार्य र मीलन गुरुङ एनसी रहेका छन् ।

यसैगरी सो मूल समितिले ३ सय ४१ सदस्यीय स्वयं सेवक परिचालन उपसमिति समेत गठन गरेको छ । समितिले स्वयं सेवक परिचालन गरि कास्की २ को उपनिर्वाचनमा उमेद्वार खेमराज पौडेललाई विजयी गराउने वताएको छ ।

सँधै नेपाली कांग्रेसको राजनीतिमा निष्टवान नेता खेमराज पौडेललाई जिताउन स्वयं सेवक परिचालन समितिले उल्लेख्य भूमिका खेल्ने स्वयं सेवक परिचालन मूल संयोजक सिकन्दरकुमार गुरुङ भोजेले जानकारी दिएका छन् ।