काठमाडौं ३ मंसिर ।
विश्वमा प्रत्येक वर्ष झण्डै १ करोड बालबलिकाको मृत्य निमोनिया, झाडापखला, दादुरा, मलेरिया, एचआईभी एड्स तथा कुपोषण जस्ता रोगहरूबाट हुने गर्दछ । एक तथ्याङ्क अनुसार संसारभर करिव १६ लाख बालबालिकाहरुको निमोनियाबाट मात्र मृत्यु भएको देखिन्छ । निमोनियाले प्रति वर्ष विश्वभर १५ करोड ५० लाख बालबालिका बिरामी पर्दछन् ।
निमोनिया ५ वर्ष मुनीका बच्चाहरुको मत्यको एक प्रमुख कारण हो । ५ वर्ष मुनिका बाल बालिकाको मृत्यु मध्ये १५ प्रतिशत मृत्यु यो रोगको कारणले मात्र हुन्छ । सन् २०१७ मा विश्वभरमा ८ लाख बालबालिकाको मृत्यु निमोनियाको कारणले भएको छ। यदि उपयुक्त कदम नचालेमा यो रोगको कारणले सन् २०३० सम्ममा विश्वभरी १ करोड १० लाख बालबालिकाको मृत्यु हुने अनुमान गरिएको छ ।
निमोनिया भनेको के हो ?
निमोनिया भनेको फोक्सोमा हुने संकमण हो। निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने, कोखा हाले हुन्छ। कडा निमोनियाले मृत्यु पनि हुन सक्छ ।
निमोनियाको रोकथाम तथा मृत्यु घटाउन प्रभावकारी बालबचाउ कार्यक्रमहरु :
१. बच्चालाई जन्मेको ६ महिनासम्म आमाको दुध मात्र खुवाउने । त्यसपछि आमाको दुधको साथै थप खाना खुवाउने ।
२. नियमित खोपहरु लगाउने ।
३. नियमित हात धुने, शुद्ध खानेपानी तथा सरसफाइमा ध्यान दिने ।
४ धुमपान नगर्ने, घर भित्र धुवाँ कम गर्ने र वातावरण स्वच्छ राख्ने ।
निमोनियाको उपचार
निमोनियाको उपचार शिघ र सही औषधीबाट गर्नु पर्दछ ।
शिघ्र र सही औषधी उपचारले निमोनियाबाट हुने अधिकारी मत्युलाई रोक्छ ।
कडा निमोनियाबारे जनचेतना र उपचारको पहुंच सर्वसाधारणको साथै दुर्गम समुदायमा पुर्याउन जरुरी छ ।