कांग्रेसले सार्वजनिक गर्याे उपनिर्वाचनकाे प्रतिबद्धतापत्र र पाेस्टर


हरेकपल November 19, 2019

काठमाडौं– उपनिर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिबद्धतापत्र र पाेस्टर सार्वजनिक गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासहितको टोलीले उपनिर्वाचनका लागि प्रतिबद्धतापत्रसहित प्रचार सामग्रीहरु सार्वजनिक गरेको हो ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय अगाडि प्रवक्ता शर्मासहितको टोलीले सामूहिक रुपमा प्रचार सामाग्री सार्वजनिक गरेका हुन् ।  आगामी मंसिर १४ गते उपनिर्वाचनमा हुँदैछ ।