उद्यम किन आवश्यक छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल November 20, 2019

उद्यमेनैव हि सिध्यन्ति, कार्याणि न मनोरथै ।
न हि सुप्तस्य सिंहस्य, प्रविशन्ति मृगाः ।।
– संस्कृत सुभाषितम्

उद्यम गर्नाले नै सम्पूर्ण मनोकामना सिद्ध हुन्छन् । जसरी सुतेको सिंहको मुखमा मृग आएर आहार बनिदिँदैनन्, त्यसैगरी कार्यसिद्धिका निम्ति उद्यम नै गर्नुपर्दछ ।


कर्मको वेदीमा होमिने मान्छेले नै अफ्ना मनोकामना पूरा गर्न सक्दछ भनिएको छ । उद्यम अर्थात् कर्म नै सफलताको सूत्र पनि हो । जसरी वनमा सुतेको सिंहका मुखमा आएर सिंह बसिदिँदैनन् । आफ्नो आहाराका निम्ति शिकार खेल्नै पर्छ त्यसैगरी हाम्रो अभीष्ट सिद्धिका निम्ति पनि कर्मक्षेत्रमा लाग्नै पर्छ । जागरुक भएर उद्यम गरियो भने समस्त मनोकामना पूरा हुन्छन्, त्यसैले उद्यम गर्नुपर्छ भन्ने नीति वचन मननीयछ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–