लहानबाट अपहरणमा परेको ट्यांकर धनुषामा भेटियो


हरेकपल November 20, 2019

काठमाडौं ४ मंसिर ।
अपहरणमा गरेको नेपाल आयाल निगमको ट्यांकर धनुषामा भेटिएको छ । अमलेखगञ्जबाट विराटनगरका लागि पेट्रोलिमय पदार्थ बोकेर गएको ट्यांकर लहानबाट अपहरणमा परेको थियो ।

सो ट्यांकर धनुषाको रामदैया बहारीमा खाली अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी भेषराज रिजालले जानकारी दिएका छन् ।

ट्यांकर अपहरणको घटनाबारे थप अनुसन्धान भइरहेको रिजालले बताए ।

अमलेखगञ्जबाट २० हजार लिटर डिजेल बोकेर गएको ट्यांकर सोमवार राति करिब १२ बजेतिर अपहरणमा परेका थियो ।

सो ट्यांकर अपहरणकारीले लाहानबाट सिन्धुली–बर्दिबास सडकखण्डको जंगलमा पुर्याएको र आफूहरुलाई छाडेर ट्यांकर लिएर गएको चालक रामदेव साहले लहान प्रहरीलाई बताएका थिए ।