क्यानको चुनावमा चरम बेथिति, निर्वाचन अधिकृत भागे


हरेकपल November 20, 2019

मंसिर ४ । सूचना प्रविधिको क्षेत्रमा कार्यरत देशकै ठूलो छाता संगठन क्यान महासंघको निर्वाचन समितिको चरम लापरवाही छताछुल्ल भएको छ । कार्तिक २२ गते प्रमुख निर्वाचन अधिकृत ९बार एसोशियसनका महासचिव० अधिवक्ता लीलामणि पौडेलले आफ्नो हस्ताक्षरमा निर्वाचन तालिका प्रकाशन गरेयता उनी सम्पर्कमा छैनन् । त्यस यताका सूचना मिति उल्लेख नगरी अधिवक्ताद्वय अशोक कुमार मिश्र र संजिव लामाको हस्ताक्षरमा टाँसिएका छन् । आंकाक्षी उम्मेदवारहरूलाई भ्रमित पार्ने गरी सूचना निकालिएको र वारेसमार्फत उम्मेदवारी दिनमिल्ने वा नमिल्ने स्पष्ट नभएकोले आफू उम्मेदवारी दिनबाट वञ्चित रहेको हाल अमेरिकामा रहनु भएका डा। अभिजित गुप्ताको दाबी छ । अन्य केहि आकांक्षीहरूले निर्वाचन समितिका विरूद्ध उजुरी समेत गरेका छन् ।
निर्वाचन समितिले सामान्य सिद्धान्तलाई लत्याएर अध्यक्षका प्रत्यासी उम्मेदवार नवराज कुँवरको पक्षमा लागेको आरोप उजुरीकर्ताहरुको छ । सदस्यले आफू सदस्य रहेको महासँघको हरेक गतिविधिको सूचना आवश्यकता पर्दा उपलब्ध गराउँनु पर्ने संविधानले व्यवस्था गरेको सूचनाको हक नै कुण्ठित पारिएको आरोप उम्मेदवारहरू नै लगाईरहेका छन् । महासँघमा देशका ४८ जिल्लाबाट प्रतिनिधीहरुले उम्मेदवारी दिनसक्ने व्यवस्था भएकोमा बाटोको म्याद समेत नरहने गरी रातारात सूचना परिवर्तन गरी टाँसिएको र झण्डै १२०० मतदाताको नामावली विरुद्ध दाबी बिरोध गर्नका लागि २ घण्टा मात्रै समय दिईएको छ । उजुरी गर्नका लागि ईमेलको व्यवस्था नगरि उजुरीकर्ता स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था गरिएकोमा संविधानले सुरक्षा गरेको आफ्नो गोपनियताको हक समेत कुण्ठीत भएको उजुरिकर्ताहरुको आरोप छ । दाबी विरोधका सम्बन्धमा उजुरी लिने भन्दा पनि उजुरीकर्तालाई निरूत्साहित गर्ने काम निर्वाचन अधिकृत अशोक कुमार मिश्र गरेको भन्दै प्रतिनिधिहरू आक्रोशित बनेका छन् । विगत तीन दिनदेखिको निर्वाचन समितिको काम कारवाही एकपक्षीय देखिएको र महासंघको विधानको व्यवस्था विपरित सदसस्यता लिएको भनि अध्यक्षका उम्मेदवार नवराज कुँवरमाथि परेको दाबी विरोधलाई निर्वाचन समितिले सुनवाई नगरेकोमा प्रतिनिधिहरू रूष्ट छन् ।

१२औँ कार्यसमितिको निर्वाचनको केही दिन अगाडी मात्र कुँवरले सदस्यता लिएको र त्यस विषयमा कार्यसमितिमा छलफल नै नभएकाले उनको सदस्यता नै वैधानिक नभएको आरोप दाबीविरोधकर्ताले लगाएका छन् । निर्वाचन समितिले तार्किक जवाफ दिने भन्दा चित्त नबुझे सम्बन्धित निकायमा जानु भनेर ठाडो जवाफ दिएको प्रतिनिधिहरू बताउँछन् । प्रमुख निर्वाचन अधिकृत समेत नेकपाको उच्च राजनितिक तहको दबाबमा परी विवादमा आउनुभन्दा पन्छिन सहज लागेर देश छाडेर हिँडेको चर्चा प्रतिनिधिहरूमाझ भईरहेको छ ।