‘राष्ट्रका लागि आबाल ब्रह्मचारी षडानन्दको योगदान’ विषयक विचार गोष्ठी सम्पन्न


हरेकपल November 20, 2019

मंसिर ४, काठमाडौँ । नेपालको शैक्षिक इतिहासमा सर्वप्रथम जन सहयोग परिचालन गरी वि.सं. १९३२ मा भोजपुर, दिङ्लामा विद्यालय र मठ मन्दिरको स्थापना र तिनको सुसञ्चालनका लागि गुठीको व्यवस्था समेत गरी शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणका क्षेत्रमा अतुलनीय योगदान पुर्यावउने आबाल ब्रह्मचारी षडानन्दको योगदानको बहु आयामिक विश्लेषण गर्न मिति २०७६ मङ्सिर १ गते नेपाल प्रज्ञा प्रतिष्ठान र आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको सहकार्यमा आयोजित ुराष्ट्रका लागि आबाल ब्रह्मचारी षडानन्दको योगदानु विषयक विचार गोष्ठी नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय सभाकक्षमा करिब ३०० विभिन्न विषय क्षेत्रका विशिष्ट विद्वान्‌हरुको सहभागितामा सम्पन्न भयो।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले दीप प्रज्वलन र कुलपति र षडानन्द प्रतिष्ठानका अध्यक्ष प्रा। चेतोनाथ गौतमले बालागुरु षडानन्दको तस्विरमा माल्यार्पण गरेर गोष्ठी प्रारम्भ भएको थियो।

गोष्ठीमा ‘नेपालको सामाजिक शैक्षिक इतिहासमा षडानन्दको योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. गोविन्दमान सिंह कार्कीले बालागुरु षडानन्द नेपालको सामाजिक तथा शैक्षिक जागरणका अग्रणी व्यक्तित्व रहनुभएको चर्चा गर्नुभयो । यसैगरी उहाँले आफ्नो कार्यपत्रमा षडानन्दले गरेको शैक्षिक विकास र समाज सुधारका कार्यहरुको विस्तृत चर्चा गर्नु भयो।
‘जन सहयोग परिचालन र संस्थागत व्यवस्थापनमा षडानन्दको योगदान’ विषयको अर्को कार्यपत्र प्रस्तोता यादव चापागाईंले प्रस्तुति राख्नुभएको थियो । वहाँले आबाल ब्रह्मचारी षडानन्दले जन सहयोग परिचालन गरेर संस्थाहरुको स्थापना गरी बृहत् निर्माण कार्य सम्पन्न गर्नु भएको थियो। उहाँ कुशल व्यवस्थापक हुनु हुन्थ्यो। उहाँले आधुनिक व्यवस्थापनको सिद्धान्तको विकास नहुँदै शैक्षिक तथा सामाजिक व्यवस्थापनको उत्कृष्ट नमुना प्रस्तुत गर्नु भएको चापागाईले बताउनुभयो ।

प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले शिक्षाका अग्रणी षडानन्दले शिक्षा मार्फत चेतनाको ज्योति छर्नु भएको थियो भन्दै षडानन्द प्रतिष्ठानसँग सहकार्य गरेर उहाँका विषयको अध्ययन अनुसन्धान अघि बढाइने जानकारी दिनु भयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। जगमान गुरुङले गायत्री पुरश्चरण भनेको सूर्यको उपासना हो। त्यसबाट षडानन्दले अध्यात्मको ज्योति जगाउनु भएको थियो। अहिले त्यो ज्योति निभेको छ। त्यसलाई जगाउन एक त्यागी पुरुषले त्यहाँ जन्म लिनु पर्छु भन्नु भयो।

भोजपुरको क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेश सभासद् राजेन्द्र राईले संस्कृत शिक्षासँगै क्रियात्मक ज्ञान दिन सकियो भने मात्र संस्कृत पठन पाठनको औचित्य पुष्टि हुने धारणा राख्नु भयो।
षडानन्द नगर पालिकाका प्रमुख वीरबल राईले दिङ्लामा षडानन्द गुरुले स्थापना गरेका संस्था र संरचनाहरुको जीर्णोद्धारर र संरक्षणमा नगर पालिकाले योजनाबद्धग काम थालेको जानकारी दिनु भयो र भन्नु भयो – ‘षडानन्द बहुमुखी क्याम्पसमा स्नातक तहको शिक्षा निस्शुल्क गरेका छौँ। सम्भवतस् यो देशकै पहिलो र एक मात्र निस्शुल्क शिक्षा दिने क्याम्पस हो।’
षडानन्द सीताराम गुठी, दिङ्लाका अध्यक्ष कृष्ण प्रसाद पौडेल ९प्रकाश०ले आफूले कार्यभार ग्रहण गरेपछि भए गरेका गुठी सम्बन्धी गतिविधिहरुको जानकारी दिनु भयो र गुठीको संरक्षणका लागि सम्बन्धित सबैको सहयोगका लागि अपिल गर्नु भयो।


षडानन्द प्रतिष्ठानका अध्यक्ष प्रा। चेतोनाथ गौतमले संस्कृत भाषाभित्र रहेको विशाल ज्ञान भण्डारबाट लाभान्वित हुन संस्कृत शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै विचार गोष्ठीको सहकार्यका लागि नेपाल प्रज्ञा प्रतिष्ठानप्रति कृतज्ञता व्यक्तत गर्नु भयो।
कार्यपत्र प्रस्तुतिपछि २२ जना सहभागीहरुले राखेका जिज्ञासा राखेका थिए भने तिनको उत्तर कार्यपत्र प्रस्तोताहरुले दिएका थिए।


सो विचार गोष्ठीमा षडानन्द प्रतिष्ठानका सचिव प्रा. लालानाथ सुवेदीले स्वागत गर्नु भएको थियो भने सहसचिव निर्मला पोखरेलले उद्घो षण गर्नु भएको थियो।