कार्यकारी अध्यक्षमा प्रचण्ड, मन्त्रीमण्डल गठनको सम्पूर्ण अधिकार प्रधानमन्त्रीलाई


हरेकपल November 20, 2019

मंसिर ४, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिने भएको छ ।


जारी सचिवालयबैठकले उक्त निर्णय गरेको हो । यसैगरी मन्त्रीमण्डल गठनको सम्पूर्ण अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको छ । नेकपा सचिवालय वैठक बालुवाटारमा जारी छ ।

नयाँ कार्यविभाजन अनुसार वरियता भने दुई अध्यक्षकोसमान हुनेछ । त्यस्तै, आपसी समझदारीका आधारमा निर्णय लिइनेछ ।