नेप्सेमा गिरावट


हरेकपल November 20, 2019


काठमाडौँ, ४ मङ्सिर । धितोपत्र बजार शेयर कारोबार मापक नेप्से परिसूचकमा आज गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १।६५ विन्दुले घटेर एक हजार १२८।३४ विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०।२५ विन्दुले घटेर २४८।६७ विन्दुमा पुगेको छ । नेप्से झिनो अङ्कले घटेपनि कारोबार रकम भने औसतमा रहेको छ । कूल १६५ कम्पनीका १० लाख ९७ हजार ९२० कित्ता शेयर रु ३० करोड ३७ लाख २४ हजार २०४ मूल्यमा खरीद बिक्री भए ।

होटेल ६।६२, विकास बैंक २।३८, जलविद्युत् २।८१, सामूहिक लगानी कोष ०।०५ , वित्त ०।७७, निर्जीवन बीमा २४।२५, लघुवित्त ३।४४, जीवन बीमा ३०।३७, उत्पादन १६।५८, अन्य २।७१, विन्दुले घटेको छ । यस्तै बैंकिङ ०।५७, व्यापार ३२।९९, विन्दुले बढेको छ । कारोवारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु आठ करोड ३९ लाख ६३ हजार ९९ मूल्यमा कारोवार भई शीर्ष स्थानमा छ ।

यस्तै एनएमबी बैंक रु तीन करोड ५४ लाख ९९ हजार ९५७, नेपाल बैंक लिमिटेड २ करोड ६८ लाख ५५ हजार २५४, नबिल बैंक २ करोड १८ लाख ४० हजार ९५९ , प्राइम बैंक रु एक करोड २२ लाख २२ हजार ३२४ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

कारोवारका आधारमा आज पनि साल्टटे«डिङ कर्पोरशेनका शेयरधनीले ९।९७ प्रतिशतले कमाए । यस्तै घोडाघोडी लघुवित्त वित्तीय संस्था ९।९२,जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८।०२ प्रतिशतले कमाए ।

त्यस्तै, रिड्डी हाइड्रोपावरका शेयरधनीले ६।६६, तारागाउँ रिजेन्सी होटेलका शेयरधनीले ४।०५, एनआईबिएल समृद्धि फण्डका शेयरधनीले ३।८५ प्रतिशतले गुमाएका छन् ।