उच्च अदालतमा १५ जना न्यायाधीश सिफारिस


हरेकपल November 20, 2019

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बुधबार बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतमा १५ जना न्यायाधीश सिफारिस गरेको छ । 

जसका लागि ६ जना जिल्ला न्यायाधीशबाट, एकजना सरकारी वकिल र ८ जना अधिवक्ताबाट न्यायाधीशका लागि सिफारिसमा परेका छन् । 

किरणकुमार पोखरेल, मुरारिबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल र नारिस्वर भण्डारी जिल्ला न्यायाधीशबाट बढुवा हुन लागेका हुन् ।सहन्यायाधीवक्ता गीताप्रसाद तिमिल्सना पनि उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् ।

सिफारिसमा परेका अधिवक्तामा मिलनकुमार राई, राजुराम सिलवाल, मेरिना श्रेष्ठ, मीना गौतम सेढाईं, सोमकान्त मैनाली, देशबहादु सार्की, रेखा थापा पाण्डे र किरणकुमार गुप्ता छन् ।

उच्च अदालतमा अहिले १२ न्यायाधीशको पद खाली रहेको छ ।