सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा लिखित ‘जङ्गे सीमाखम्बाको गन्ती’ प्रकाशित


हरेकपल November 21, 2019

काठमाडौं, ५ मंसिर । सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा लिखित सीमासम्बन्धी पुस्तक ‘जङ्गे सीमाखम्बाको गन्ती’ प्रकाशित भएको छ । श्रेष्ठले ‘नेपालको सिमाना’ कृतिका लागि मदन पुरस्कार पाएका थिए ।

सो पुस्तकमा उल्लेख भएअनुसार नेपाल–भारत सीमा नक्सामा अङ्कन गरिएका स्तम्भको सङ्ख्या आठ हजार ५ सय ५३ र नेपाल–चीनतर्फको सीमा स्तम्भको सङ्ख्या ९९ रहेको छ । उनले यिनै जङ्गे सीमाखम्बाको निर्माण, मूल खम्बा र सहायक खम्बा, डुबान तथा तोडफोड र रातारात सारिएको विषय पुस्तकमा समेटेका छन् ।

यसअघि नौ कृति प्रकाशित गरिसकेका श्रेष्ठको नयाँ पुस्तकको प्रकाशन ‘लाइफ रिसर्च एण्ड पब्लिकेशन’ले गरेको हो ।