सज्जन व्यक्तिको लक्षण कस्तो हुन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल November 22, 2019

हर्षस्थानसहस्राणि भयस्थानशतानि च ।
दिवसे दिवसे मूढं आविशन्ति न पंडितम् ।।
–नीति सूक्त

दुर्जन व्यक्तिका दिनमा सयवटा सुख र हजार दुःखका कारण हुन्छन् । भने सज्जन व्यक्ति सुख दुःखमा समान रहन्छन् ।


सज्जन व्यक्तिको लक्षण भनेको नै स्थिरता र समता हो । जो सबैमा समान र स्थिर रहन्छ त्यो नै वास्तवमा सज्जन व्यक्ति हो । सुख र दुःखको दलदलमा फस्ने व्यक्तिलाई सज्जनको संज्ञा दिइएको छैन । जो सुख र दुःख दुवैलाई समान दृष्टिले हेर्छ, समान व्यवहार गर्छ ऊ नै वास्तवमा सज्जन हो । जीवनमा कहिल्यै विचलित नरहने स्थिर व्यक्ति नै वास्तवमा सज्जन हुन् भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–