ट्याक्टर दुर्घटनामा चालकको मृत्यु


हरेकपल November 21, 2019


मोहनकुमार राई / मंसिर ५

संखुवासभा, आज विहान चिचिला गाउँपालिका वडा नंं १ स्थित कुवापानीमा ट्याक्टर दुर्घटना हुँदा चालक मनोज तामाङको मृत्यु भएको छ ।

खाँदवारी नुम सडक खण्डमा खाँदवारीबाट नुमतर्फ सामान बोकेर जाँदै गरेको ग १ त ४१६४ नम्बरको ट्याक्टर अनिन्त्रितभई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।संखुवासभा जिल्ला भोटखोला गाउँपालिका वा नं. ५ बस्ने चालक तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । लासलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदवारी लगिएको समेत प्रहरीले जनाएको छ ।