मेडिकल कलेजहरु सरकारीकरण गर्नु पर्छ : महर


हरेकपल November 21, 2019


मंसिर ५, काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष नैनसिंह महरले मेडिकल शिक्षामा सवैको पहुँच पर्याउनदेशभरका मेडिकल कलेजहरु सरकारीकरण गरिनु पर्ने वताउनु भएको छ ।

नेकपाको भातृ संगठन अनेरास्ववियु केन्द्रीय कमीटीले आज राजधानीमा गरेको “ चिकित्सा शिक्षाका समस्या तथा ऐन कार्यान्वयनको सवाल “ विषयक वृहत अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाई राख्दै महरले ऐन कार्यान्वयनको विकल्प नरहेको तर देशको सर्वांगिण विकासका लागि शिक्षा र स्वास्थ्य राज्यले सम्पुर्ण रुपमा जिम्मा लिनु पर्ने वताउनु भयो रअहिले मेडीकलका विद्यार्थीहरुले सुधारका लागि गरेको आन्दोलनमा हाम्रो साथ र समर्थन रहेको भन्दै महर ले सरकार राज्यका सवै अंगहरुमा प्रहार गरेर अराजकता निम्त्याई रहेको छ ।

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन आज सम्म सार्वजनिक नगर्नु वाट सरकार अपार्दशी तवरले काम गर्न थालेको प्रष्ट हुन्छ ।