कांग्रेसद्वारा अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन


हरेकपल November 21, 2019

मंसिर ५, काठमाडौँ ।
मुलुकका ३७ वटा जिल्लाका ५२ स्थान प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य ३, उप–महानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, वडा अध्यक्ष ४३० मा यहि मंसिर १४ गते सम्पन्न हुन गइरहेको उप–निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गनर्नका निम्ति नेपामली कांग्रेसले अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ ।

केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा केन्द्रीय सदस्य सीता गुरुङ्ग, नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसी, अधिवक्ता तेज रावल सदस्य र पार्टीका सचिव अधिवक्ता केशव रिजाल सदस्य–सचिव रहेको “उप–निर्वाचन –२०७६ अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति” गठन गरेको छ ।

साथै, उप–निर्वाचन हुने ३७ वटै जिल्लामा पनि पार्टीका जिल्ला कार्यसमितिका निर्वाचित सचिवको संयोजकत्वमा नेपाल प्रेस यूनियनका जिल्ला अध्यक्ष, प्रजातन्त्रवादी कानुन व्यवसायी संघ (डिएलए) का जिल्ला अध्यक्ष र १ महिला सहित जम्मा ५ जना रहने गरी अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरिएको छ ।