के हो टन्सिल ? यस्ता छन् बच्ने उपायहरु


हरेकपल November 22, 2019

काठमाडौं ६ मंसिर । मानिसको मुखभित्र घाँटी नजिक दुवैतिर हुने ’टन्सिल’ नामक ग्रन्थीको संक्रमण नै टन्सिल वा ’टन्सिलाइटिज’ हो । वास्तवमा यो ग्रन्थी शरीरको रोग प्रतिरोधात्मक ग्रन्थी हो । टन्सिलाइटिज भाइरस या ब्याक्टेरियाको कारणले हुने गर्छ। प्रायजसोलाई टन्सिलाइटिज आफैं हप्ता दिनमा निको हुने भए तापनि केहीलाई भने एन्टिबायोटिक्सकै जरुरत पर्छ । टन्सिलाइटिज नाम सुन्दा एकदम सामान्य रोग जस्तो लागे तापनि ब्याक्टेरियाबाट हुने टन्सिलाइटिजका तत्कालीन र दीर्घकालीन जटिलता भने एकदमै खतरापूर्ण हुन सक्छन् ।

टन्सिलका लक्षण
–सय डिग्रीभन्दा बढीको ज्वरो आउने
–घाँटी दुखेर खाना खान र पानी निल्न गाह्रो हुने
–श्वास गन्हाउने
–घाँटीमा गिर्खाहरु ठूलो हुने
–मुखभित्र हेर्दा पछिल्तिर दुवै भागमा टन्सिलको आकार ठूलो हुने

त्यसो त विशेषगरी बालबालिकामा अझै जटिलता देखिन्छन् जस्तैः

–एक पटक रोग निको भए पनि बारम्बार बल्झिरहन सक्छ ।
– यसको संक्रमण फैलिएर टन्सिल ग्रन्थी नजिकै ठूलो फोकामा पिप जम्न सक्छ ।
–संक्रमण फैलिएर घाँटीको भित्री तहसम्म पुग्नसक्छ, जसले ज्यानै लिन पनि सक्छ ।
–संक्रमण रगतमा फैलिएर दीर्घकालीन रुपमै असर हुनेगरी मुटु, मिर्गौला, जोर्नीहरु र दिमागमा समेत खतरा पुर्‍याउन सक्छ ।
तसर्थ, टन्सिलाइटिजलाई हेलचेक्र्याईं नगरी समयमै जाँच गरेर उपचार गर्नु जरुरी छ। बालबालिकाको मुख भित्रबाट संक्रमित लेदो वा पिप निकालेर र रगतको जाँच गरी यसको किटाणु पत्ता लगाउन सकिन्छ र दीर्घकालीन असरहरुको अनुमान गर्न सकिन्छ । यसको उपचारका निम्ति औषधि र शल्यक्रिया दुवैको आवश्यकता पर्नसक्छ ।

उपचारका साथ(साथै टन्सिलाइटिज भएको बेला निम्न तरिकाले बालबालिकाको घाँटी र शरीरलाई थप राहत पुर्यासउन सकिन्छ ।
–प्रशस्त आराम गराउनेरप्रशस्त पानी खुवाउने
–चिया वा कागती पानीमा मह मिसाएर खान दिने
–मनतातो पानीमा नुन घोलेर दिनमा ४–५ चोटी कुल्ला गराउने
–आइसक्रिम वा चिसो दही खान दिने र स–साना बरफका डल्ला मुखमा राखेर पग्लिन दिने
–निल्दा दुख्ने सारो खानेकुरा, चिल्लो र पिरो खान नदिने
–धुम्रपानको धुवाँ र अरु धुवाँधुलोबाट टाढा राख्ने