आज प्रदोषव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ मंसिर ८ गते


हरेकपल November 24, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल मंसिर महिनाको ८ गते आइतवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष कृष्णपक्षको त्रयोदशी तिथि राति १२।२० बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । हस्ता नक्षत्र दिवा २।४ बजेसम्म रहनेछ । यसैगरी आज आयुष्मान् योग र गर करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।३२ मा छ भने सूर्यास्त बेलुका ५।७ बजे हुनेछ ।


चन्द्रमा आज तुला राशिमा छन् । आज प्रदोषव्रत परेको छ । त्रयोदशीको सन्ध्याकालीन समयलाई विशेष दोषयुक्त मानिन्छ । यस समयमा केवले शिवजीको उपासना शुभ रहने गर्दछ । यसैगरी आज प्रदोषव्रत रहनाले सूर्यजन्य दोष निवारण गर्न सकिन्छ । पराक्रम वृद्धिका निम्ति पनि प्रदोष व्रत धारण गर्न सकिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्