सरकारका गलत कामका विरुद्ध सडक र सदनमा लड्छौँ : सभापति देउवा


हरेकपल November 22, 2019

मंसिर ६, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका गलत कामका विरुद्ध सडक र सदनमा लड्ने धारणा व्यक्त गरेका छन् ।

आज पोखरामा आयोजित एक कार्यक्रममा उनले यो धारणा राखेका हुन् । यसैगरी उनले अख्तियारलाई शाही आयोग बनाउन सरकार उद्यत रहेको समेत बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवादमा परिणत भएको समेत बताएका छन् । संवैधानिक परिषद् कठपुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको प्रति पनि उनले आपत्ति प्रकट गरे ।