क्याम्पसको समग्र विकासका निम्ति बर्दियामा धनधान्याचल ज्ञान महायज्ञ गरिने


हरेकपल November 22, 2019


मंसिर ६, काठमाडौँ ।
बर्दिया जिल्ला, बाह्रबर्दिया नगरपालिका स्थित सदाशिव बहुमुखी क्याम्पसको समग्र विकासका निम्ति यही २०७६ साल मंसिर १९ गतेदेखि २६ गतेसम्म धनधान्याचल ज्ञान महायज्ञ गरिने भएको छ ।
उक्त महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोख्रेलद्वारा कथा वाचन हुने मूल आयोजक समारोह समितिका संयोजक विपिन कुमार पोखरेलले बताउनु भयो ।


उक्त क्याम्पस परिसर सानो रहेको, भौतिक पूर्वाधारमा कमी रहनुका साथै पुस्तकालयीय व्यवस्थापन समेत उचित हुन नसक्दा त्यहाँका हजारौँ व्यक्ति शिक्षाको ज्योतिबाट बञ्चित रहनुपर्ने बाध्यतालाई निराकरणका निम्ति महायज्ञको आयोजना गरिएको हो ।


महायज्ञबाट उठ्ने सम्पूर्ण रकम उक्त क्याम्पसको समग्र भौतिक विकासका साथै
विपन्न विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिने समेत आयोजकले जानएको छ । हाल मानविकी र शिक्षाशास्त्र मात्र अध्ययापन भइरहेकोमा संकाय थप गरी स्नातकोत्तर सम्मको अध्यापन हुने व्यवस्था गरिने भएको छ ।


यसैगरी सम्पूर्ण नगर क्षेत्रमा आध्यात्मिकताको पवित्र सन्देश प्रवाह गरी समाजमा साँस्कृतिक मूल्य मान्यताको जगेर्ना गर्न समेर्ते उद्देश्य रहेको आयोजक समितिले जनाएको छ । यसैगरी महायज्ञले धार्मिक सहिष्णुता समेत कायम गर्ने विश्वास लिएको छ ।


क्याम्पसको दुरावस्थाबाट प्रभावित भई शिक्षाको विकासका लागि केही गर्नुपर्छ भन्ने मान्यताका साथ उक्त क्याम्पसको जग्गा नभएको अवस्थामा संयोजक पोखरेलले पाँच कट्ठा जग्गा समेत दान गरी क्याम्पसको विकासमा योगदान गर्नुभएको छ ।