महेन्द्र नारायण निधि अस्पतालमा रक्तदान


हरेकपल November 23, 2019

काठमाडौं, ७ मंसिर । नेपाल राष्ट्रिय मगर संघको आयोजनामा काठमाडौंको बसुन्धरास्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा रक्तदान गरिएको छ।

नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय मगर संघले संगठन विस्तारसंगै सामाजिक कार्यहरुमा पनि आफ्नो सक्रियता बढाउदै जाने उद्देश्यले आयोजित रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता रहेको राष्ट्रिय मगर संघका अध्यक्ष ओम थापाले जानकारी दिनुभयो ।

अस्पतालका अध्यक्ष भानुभक्त ढकालले दिएको जानकारीअनुसार करिब सय जनाले रक्तदान गरेका थिए। बिरामीलाई रगत अभाव हुन नदिने उद्देश्यले अस्पतालको संयोजनमा रक्तदान कार्यक्रम गरिएको ढकालले बताए।