मंसिर १० भित्र अनुमतिप्राप्त हतियार प्रहरीमा बुझाउनोस: गृह मन्त्रालय


हरेकपल November 24, 2019

काठमाडौं, ८ मंसिर । गृह मन्त्रालयले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै अनुमतिप्राप्त हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउनका लागि आग्रह गरेको छ ।

मन्त्रालयले एक सुचना जारी गर्दै उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजत प्राप्त हतियार यही मंसिर १० गतेभित्र बुझाउन आग्रह गरेको हो । आगामी मंसिर १४ गते ३७ जिल्लामा उपनिर्वाचन हुँदैछ ।

मन्त्रालयले जारी गरेको सूचनामा ‘‘हातहतियार खरखजाना ऐन २०१९’ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार मंसिर १० भित्र स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।’’