सुख कहाँ हुन्छ ? हेर्नुहोस् आजको नीति वचन (भिडियाे)


हरेकपल November 25, 2019

नास्ति विद्या समं चक्षु नास्ति सत्य समं तपः ।
नास्ति राग समं दुखं नास्ति त्याग समं सुखम् ।।
– संस्कृत सुभाषितम्

विद्या जस्तो दिव्य चक्षु, सत्य समान तपस्या, आसक्ति समान दुःख र त्याग समान सुख अरु केही हुनसक्दैन ।


ज्ञान अर्थात् विद्यालाई दिव्य चक्षुको संज्ञा दिइएको छ । विद्या हाम्रो आँखा हो । त्यसैले जीवनमा सर्वप्रथम ज्ञान आर्जन गर्नु भनिएको छ । यसैगरी सत्य समान अर्को तपस्य छैन । हजारौ वर्ष तपस्या गरे बराबरको फल सत्य बोली वचन र व्यवहार गर्नाले पाइन्छ भनिएको छ । अतः सत्य बोल्नु पनि महान् तपस्या हो । यसैगरी आसक्तिमा दुःख रहेको हुन्छ । आसक्ति भनेको लोभी पन हो । लोभमा अत्यन्त दुःख हुन्छ । जीवनमा लोभ नगर्ने हो भने दुःखबाट पार पाउन सकिन्छ । यसैगरी त्याग नगरी सुख मिल्न सक्दैन भनिएको छ । त्यागमा जस्तो आनन्द प्राप्ति अन्यत्र हुन सक्दैन । त्यसैले त्याग अर्थात् दान गर्नाले नै सुख प्राप्त हुन्छ भन्ने नीति वचन मननीय छ ।

–नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–