टुडिखेलको राजनीतिक र सामाजिक महत्व


हरेकपल November 24, 2019

नेपाली कांग्रेसका नेता नरहरि आचार्यको निवासमा टुडिखेलको राजनीतिक र सामाजिक महत्व विषयमा बहस भएको छ । कार्यक्रममा नरहरि आचार्यले टुडिखेल पहिला कस्तो थियो अहिले कस्तो भएको छ भन्ने हो भन एउटो टुडिखेले ६ टुक्रा भएको छ । २०१८ सालदेखि टुडिखेल प्लटिङ भयो । अहिले आक्रमण भयो । यतिखेर खुलामञ्च पनि र सैनीक मञ्च पनि आक्रमितमा परेको छ । यसको सुरक्षा गर्न सकिएको छैन । ऐतिहासिक तथ्य हेर्ने हो भने नेपाल राष्ट्र बनेदेखिनै यसको राजनीतिक र सामाजिक घटनाको साक्षी टुडिखेल बनेर बसिराखेको छ । एक प्रकारले टुडिखेलले सबै हेरेको छ ।


२०१८ सालसम्म टुडिखेलमा खरिको रुख सहितको चौतारो थियो । त्यही चौतारामा सरकारी औपचारिक कार्यक्रम, महत्वपूर्ण घोषणाहरु हुन्थे । त्यस समयमा सैनीक मञ्च पनि बनेको थिएन, खुला मञ्च पनि बनेको थिएन । चन्द्र शंशेरले दासत्व मोचनको घोषणा पनि टुडखेल खरिको बोटबाट नै गरेका हुन् । राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गरेपछि १८–१९ सालतिर सैनीक मञ्च बनाएर खरीको बोटलाई हटाइयो । त्यसबेलादेखि सरकारी औपचारिक कार्यक्रम सैनीक मञ्चमा र जनताको कार्यक्रम खुलामञ्चमा हुन थालेको हो ।
यतिखेर टुडिखेल बचाउ कार्यक्रम सुरु भएको छ । टुडिखेलको भागवण्डा हुदासम्म सबै मानिस चुपै लागेका थिए । अहिले अतिक्रमण भएर अति भएपछि अब चुपलाग्छ छोडे । ७० वर्ष पहिले टुडिखेल रानीपोखरीदेखि त्रिपुरेश्वरसम्म विशाल मैदान थियो ।


फेरि टुडिखेल काठमाडौंमा मात्रै सिमित रहेको थिएन । नेपाल राज्यको एकप्रकारले संस्कृति पनि टुडिखेल बनेको थियो । धनकुटा, बन्दीपुर, पोखरा, पाल्पा लगायत सदरमुकामको सम्मोजमिन जतिलाई टुडिखेल भन्ने चलन बस्यो । यति महत्वपूर्ण टुडिखेलको विषयमा हामी चुपचाप कसरी रहन सक्छौं ।
यहाँ यस किसिमको छलफल हामीले २०७६ बैशाख ७ गतेदेखि विभिन्न विषयमा गर्दै आएका छौं । आज टुडिखेल विषयमा छलफल ग¥यौं अझ थप छलफ गर्न आवश्यक देखे फेरि पनि गर्न सक्छौं ।
टुडिखेलको विषयमा हामीले चरणबद्ध उपलब्धि हासिल गर्ने कार्यक्रम बनाउनु पर्दछ । पहिलो चरणमा खुुलामञ्चलाई खुला गर्नुप¥यो । दोस्रो चरणमा अन्य अतिक्रमणलाई पनि ठाउँमा राख्न प¥यो । हामीले बुझ्नु पर्ने के हो भने टुडिखेललाई टुक्राउने र बनाउने काम पंचायत कालमा भयो अहिलेको भद्रगोल गराउने काम सबै दलको सरकार र गणतन्त्र आएपछि भयो । त्यसैले पनि यसमा कांग्रेसको बढी दायित्व छ, अग्रसरता लिनुपर्छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जीतले हामीले भोगेका, हामीले गरेका कार्यहरु अहिले आइरहेको छ । काम गर्नु पर्ने सबै काठमाडौं बासीले तर काठमाडौंवासीले नेतृत्व नपाउने । व्यवस्था आन्दोलन, अण्डरग्राउण्ड सबै काठमाडौंबासीले गर्नुपर्ने, भाषण गर्नुपर्ने मञ्च बनाउनु पर्ने काठमाडौंवासीले, अनि भाषण दिन काठमाडौंवासी लालायित छैन समस्या यसैमा छ ।
काठमाडौं यसबाट कुण्ठित भएर पछाडि परेको छ । २०१७ सालको विरोध शैलजा आचार्यले गर्नु भएको पनि मेरै नेतृत्वमा गरेको भनेर मुद्दा छिनिदियो । म शैलजाहरु भन्दा अगाडिनै जेल परिसकेको थिए । जेलबाट फर्केर आउदा त टुडिखेलमा बार लगाई सकेको थियो । खरीको बोटमा शैलजाहरुले भाषण गरेको भनेर खरीको बोट नै सिध्याए । त्यही खरीको बोट अगाडि रेलको डब्बा थियो । राणाजीहरु घुम्ने गर्थे । धरहराबाट ठूलो सिठी बजाए पछि सैनिकहरु सबै टुडिखेलमा जम्मा हुन्थे ।


काठमाडौंवासीलाई २०१७ सालको घटना पछि ठूलो आघात प¥यो । विरोध गर्नै नसक्ने अवस्था बन्यो । यस किसिमले टर्चर खाएका मान्छे हौं हामी । वाग्मती, विष्णुमती अकुपाई गरेर खोला हुँदा पनि हामी सहेर नै बसेका छौं । यतिखेरको काठमाडौंमा पैसा पाएपछि जे पनि हुने जस्तो अबस्था भयो ।
अहिले केही आँखा खुलेको जस्तो भएको छ । तलेजुमा साँस्कृति अनुरुप पुजाआजा हुन्थ्यो । २०६४ साल पछि नेकपाको सरकारले बलीदिने पूजा गर्ने कामलाई हटायो । त्यसपछि यहाँको जनतामा आखा खुल्यो । संस्कृति, संस्कारमा जागरण पनि त्यसपछि नै आयो । पछिल्लो अहिलेको समयमा हाम्रो सभ्यता, संस्कृति गुठी माथि यही नेकपा सरकारले हस्तक्षेप ग¥यो । काठमाडौंका जनता उठे र सरकार पनि झुक्न बाध्य भयो ।
काठमाडौं महानगरपालिका पैसै खाने ठाउँ भयो, जनचेतना आउने काम हुनै सकेन । म सुन्धारामा नुहाउथे, भद्रकालीमा खेल्थे, सिंहदरमा दुध तरकारी लिएर घर जाने गर्थे । म सांसद भएर पनि सिंहदरवारसम्म हिडेरै गए, आफु केटाकेटी हुँदा खेलेको ठाऊ । नारायणहीटी, तिनधारामा पनि खुला जमीन थियो, यहाँ कोही छैनन् भनेर हेपेर त्यो पनि खाइदिए ।
टुडिखेलका विषयमा हामीले जे गर्न खोजेका छौं त्यसमा सबैको साथ हुन्छनै । जनतामा आक्रोश छ हामी सबै मिलेर काम गरौं ।

माननीय पूर्वरक्षामन्त्री भिमसेनदास प्रधानले यो टुडिखेल अभियान भन्दा अगाडि काठमाडौं महानगरपालिकाले जलेश्वर स्वच्छन्द प्रा.ली.सँग बागबजारको बसपार्कमा रहेको जग्गामा विजनेश कम्प्लेस (काठमाडौं भ्यूटावर) बनाउने संझौता गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र र काठमाडौंको टुडिखेल वरपर ठूलो विल्डिङ बन्न हुँदैन भनेर अभियान चलाए । जनताले बस पार्कका लागि भनेर दिएको जग्गामा नगरपालिकाले दुरुपयोग गरेपछि मैले विरोध गर्नै प¥यो । अहिले बसपार्कबाट टुडिखेललाई बस पार्क सारिएको छ । यो २ वर्षमा सक्ने भन्ने उनीहरुको संझौता थियो । अहिले ५ वर्ष भयो, त्यसको संरचना केही बनेको छैन । ठेकेदारले पसल राख्न भाडामा दिन थालेपछि सबै स्थानीयबासी उठेर विरोध ग¥यौं । प्रधानमन्त्रीसम्म हामीले विरोध पु¥याएपछि त्यो भत्काइयो ।


टुडिखेल वरपर पहिले रहेका विल्डिङहरु दरवार हाई स्कुल, वीर अस्पताल, सैनीक अस्पताल, सेनाको पुरानो मुख्यालय यि सबै तिनतले घर थिए । हामी सानोमा टुडिखेलमा फुटबल खेल्यौं, कुस्ती खेल्यौं, क्रिकेट खेले सबै खेलहरु टुडिखेलमा खेल्यौं । घरमा झगडा हुँदा आनन्दसँग बस्ने ठाउँ पनि टुडिखेल थियो । टुडिखेल मल्लकालको इतिहासमा पहिलेको भूभाग गंगाला अस्पतालको मैदानदेखि त्रिपुरेश्वरसम्म रहेछ । समय कालमा रानीको नाममा टुडिखेलको विचभागमा रानी पोखरी बन्यो । पछि शाहा–राणको शासन कालमा टुडिखेलको खुला मैदानमा सितल निवास, सिंहदरवार, केशर महल, बहादुर भवन, शंकर महल, फोहोरा दरवार, लाल दरवार, बाग दरवार हुँदै पूर्वतर्फ बागमती पश्चिम तर्फ विष्णुमति र विचमा टुकुचाको मैदानमा यि सबै ४÷५ सय रोपनीमा दरवार बने ।


२००७ सालको क्रान्ति पछि भएको टुडिखेल भनेको पनि रानीपोखरीदेखि त्रिपुरेश्वरसम्म हो । टुडिखेलमा कुनै किसिमको घेराउ, बार थिएन । पछि राजा महेन्द्रले अञ्चलाधिश विश्वमणी आचार्यलाई टुडिखेलको जिम्मा दिएपछि टुडिखेललाई टुक्रा पारेर रत्नपार्क, खुलामञ्च, सैनीक मञ्च, शहिदगेट, सैनीक सचिवालय, दशरथ रंगशाला बनाएर टुडिखेलको अवस्था यो भएको छ । हाम्रो अभियान टुडिखेलको साँस्कृतिक, धार्मीक र वातावरण बचाउने आन्दोलन अघि बढाएका छौं । टुडिखेल काठमाडौंको पानी रिचार्ज हुने ठाउँ हो । म रक्षा मन्त्री भएपछि जनताको गुनासोसैनिक उच्च तहलाई भने । प्राकृतिक विपद्को समयमा सेनाले रेस्क्यु गरेर ल्याएर राख्ने ठाउँ यहि टुडिखेल हो । यसको यस किसिमबाट अतिक्रमण हुदै जाने हो भने अवस्था के हुन्छ ? संरक्षण सेनाले गर्दा हुन्छ, तर प्रयोग पब्लिकले गर्न पाउनु पर्छ ।
२०७०को संविधानसभामा निर्वाचित भएपछि काठमाडौं उपत्यका हामी जनप्रतिनिधिहरुले सार्वजनिक जमिनको संरक्षण, खानेपानी, ढल, वातावरण, उर्जा र सडकको विषयमा छलफल गरेर रिपोर्ट बनाएर प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएका थियौं । त्यसपछि हामीले नारायण चौर बनायौं । काठमाडौं उपत्यकामा रहेका सार्वजनीक ठाउँहरुमा त्यस्तै चउर बनाउन हाम्रो अभियान लागिरहेको छ । यस किसिमको अभियान अन्य जिल्लामा पनि जाओस् भन्ने हाम्रो चाहना छ । अहिले दैनिकजसो टुडिखेलका बारेमा कार्यक्रमहरु भइराखेका छन् । जनता जागरुक भएका छन् चासो लिएका छन् ।

प्राध्यापक कपिल श्रेष्ठले आज अत्यन्तै सान्दर्भीक र मलाई मुटु बिज्ने विषय टुडिखेलको कुरा गर्दैछौं । मरो व्यक्तित्व विकास, शारिरिक विकास, अन्योन्याश्रित सम्बन्ध भएको ठाउँ हो टुडिखेल । मेरो घर टेवहाल नयाँ सडकको विचमा छ । टुडिखेलले मेरो व्यक्तित्वमा ५० प्रतिशत योगदान दिएको छ र ५० प्रतिशत विश्वविद्यालय, मानवअधिकार कर्मीका रुपमा छ । टुडिखेललाई मैले हेरिरहेको छु । पहिला पहिला हामीलाई राति टुडिखेलमा किचकन्या आउछन् भन्थे दिनभर संकटा र एनआरटीबाट फुटबल खेल्थे, क्रिकेट पनि खेल्ने गर्थे, राति १२ बजेतिर ति किचकन्या कतिबेला आउला ? कस्तो होला ? भनेर हामी ढुकेर बस्थ्यौं । टुडिखेलमा त्यतिखेर सुरुङ पनि थियो सायद रणनीतिक रुपले बनाइएको थियो की ? अहिले छ छैन थहा छैन ।
टुडिखेलबाट मैले सिकेको फेयर प्ले, खेलकुदको पहिलो प्रिन्सिपल हो, स्पोर्टसम्यानसीप हारेपछि हारलाई स्वीकार गर्ने, धेरै महत्वाकाङक्षी नहुने । संसारमा कही पनि टुडिखेललाई बार लगाउने चलन छैन । यहाँ लगाउदा उकुसमुकुस भएको थियो मलाई । आर्मीबाट पनि अतिक्रमण भयो । आर्मीलाई पुग्ने त्यो ठाउँ होइन । आर्मीलाई अझ ठूलो र फराकिलो ठाउँमा राख्नु पर्दथ्यो । पंचायत कालमा सायद जनतालाई देखाउन राखिएको थियो होला तर त्यसपछि पनि हामीले यसको व्यवस्था किन गर्न नसकेको होला । अहिले नेपाल एयर लाइन्सको भवन भएको ठाउँमा पहिला आर्मी बस्थे २ तले घर थियो ।


टुडिखेलको खरिको बोट २००७ साल पछि नेताहरुले भाषण गर्ने ठाउँ थियो । त्यो खरिको बोटमा हामी लुकामारी खेल्थ्यौं । दोस्रो विश्व युद्धमा भिक्टोरियाक्रस पाएका सेनाहरुको ५÷६ वटा शालिकहरु थियो । भावनात्मक सम्बन्ध भएको ठाउँ हो त्यो । हाम्रा जतिपनि खेलाडि भए डिकबहादुर, बैकुण्ठ मानन्धर, अच्युत खरेल सबै टुडिखेलका उत्पादन हुन् । टुडिखेल सामाजिक, सास्कृतिक, खेलकुद विकास लगायत अरु धेरै कुराहरुको संरक्षण र उत्पादन गर्ने ठाउँ हो । यो अतिक्रमण नेपाल मण्डलको सभ्यताको हो यसलाई बचाउन लागिपर्नु पर्छ । यो सारा नेपालीको सम्पित्तिको पहिचान हो ।

विजय श्रेष्ठ अकुपाई टुडिखेलका संयोजकले भन्नु भयो नरहरि दाइले हामीलाई माया गरेर यो कार्यक्रम गरिदिनु भयो धन्यवाद ! दाइहरुको आर्शिवाद ठान्दछौैं । यो हाम्रो लागि हौसला र शक्ति हो । हाम्रो नियत सफा छ । हामी सत्यका लागि लाग्ने सिद्धान्त हो । हाम्रो लक्ष्य परापूर्वकालदेखि रहेको टुडिखेललाई कुनै पनि हालतमा बचाउछौं । विशाल टुडिखेल हाम्रो मुटु र फोक्सो हो । यसमा ठूलो सानो भन्ने छैन ।


सबै भन्दा पहिला यसमा हेर्नु पर्ने सरकारले हो । सरकार कै दायित्व हो । यसलाई हामीले विरोधका रुपमा होइन अभियानका रुपमा अघि बढाएका छौं । यसलाई सांङ्केतिक रुपमा गलत भयो सच्याउनु प¥यो भनिरहेका हौं । तत्काल हामी जे गर्न सक्छौं गर्दै जाऊ । दीर्घकालिन रुपमा कसरी गर्ने भन्ने पनि गर्दै जाऔं । यसले गर्दा देशमा गणतन्त्र आएपनि सर्वसाधारणकालागि केही पनि आएको छैन जस्तो भयो । जुनसुकै सरकार आएपनि गलत भइराखेको छ ।
हाम्रोमा सतीले सरापेको देश भन्छ यसलाई हटाउनु प¥यो । सत्य अगाडि आउनु प¥यो । सधै पिल्सिएर बसेर भएन ।

काठमाडौंका नेता वीरेन्द्रभक्त श्रेष्ठले मलाई आज खुसीलागेको अकुपाई टुडिखेलको कार्यक्रम विहान सहभागी हुन पाएको थिए । अकुपाई टुडिखेल अभियानले आफुलाई विस्तार गरेको देखे । गएको हप्ता बनस्पतिविधलाई ल्याएर खरीको बोट रोपियो यसले राम्रो सन्देश दियो । अकुपाई टुडिखेललाई सहयोग गर्ने, एक्यवद्धता जनाउने त्यसबाट राजनीतिक लाभ वा नेतृत्व लिने कुरा होइन । उनीहरुले गरिरहेको कुरालाई हामीले साथ दिने हो । गएको ३÷४ महिना अगाडि गुठी विधेयकको विरुद्धमा मण्डलामा जुन कार्यक्रम भयो त्यो कार्यक्रमले विशेषगरी काठमाडौंको जनतालाई धेरै झकझक्याएको छ । हिजोको सम्पदा माथिको चेतनामा ज्यादै बृद्धि भएको छ ।
अकुपाई टुडिखेलको जुन विजारोपण छ मण्डलामा भएको आन्दोलनलाई हामीले विर्सनु हुँदैन त्यसको ठूलो हात छ । अकुपाई टुडिखेलको विषयमा मैले भीमसेनदास प्रधानसँग पनि कुरा गरे, उहाँ लाग्नै पर्ने ठाउँले पनि बन्यो । संयोजक विजयलाई चिनेको छैन तर पनि साथ दिऔं भने ।
दुर्भाग्यबस हामीले जुन काठमाडौं महानगर पालिकाको मेयर पायौं उनमा पटक्कै सम्पदाको चेतना नभएको मानिस परेछ । संपदाप्रति चेतना नभएको हुँनाले उनको विरोध गर्नासाथै राजनीतिकरण भयो भन्ने गर्छन् उनी । उनले व्यापारिकरण गर्दा हामी चुप लागेर सुनिरहनु पर्ने ? रानीपोखरीमा कफीसप खोल्ने भने, त्यसमा पनि हामी चुप लागेर बसिदिनु पर्ने ? अहिले यो टुडिखेलको विषयमा पनि कांग्रेस नेकपामा विभाज ल्याउने काम मेयरले नै गरिराखेका छन् ।
हामीलाई थाहा छ माफियाको पहुँच कांग्रेस भित्र पनि त्यतिनै पसेको छ कम्युनिष्ट भित्र पनि त्यतिनै पसेको छ । माफियाको चंगुलमा परे भने दुबैथरी एकै हुन्छन् । हामीले लड्नु परेको कांग्रेस कम्युनिष्टको विरुद्ध होइन हामीले लड्नु परेको छ ति माफियाहरुको विरुद्धमा । त्यो माफियाका करणले गर्दा हामीले रुचाएका नेता पनि त्यसको चंगुलमा पर्दा विरोध गर्न अप्ठेरो पर्ने हुन्छ । हाम्रा एजेण्डामा त्यो मानेको व्यक्ति माफियाकोमा परेको छ भने विरोध गर्न सक्नु पर्छ ।


२०१७ सालमा राजा महेन्द्रले कालो झण्डा खाएको ठाउँ हो टुडिखेल । त्यहाँ रहेको खरिको बोटमा विरोधको कार्यक्रम हुन्थ्यो । खरिकोबोट त्यहाँबाट मेटाउन राजा महेन्द्रको पूर्वाग्रह छ । सैनीक मञ्चमा रहेको सीपाहीको स्ट्याचुमामा २०१८ साल अराष्ट्रिय तत्वहरुले चलाएको युद्धमा वीरगती प्राप्त गरेको संझनामा भनेर राखेको छ । त्यस समयमा कांग्रेसले हिट् एण्ड रन चलाएको थियो । यस्ता इतिहासहरुमा टुडिखेल साक्षी छन् ।

काठमाडौं कांग्रेसका सदस्य रामचन्द्र घिमिरेले टुडिखेलको विष यतिखेर दैनिक जसो नयाँ नयाँ तथ्यहरु बाहिर आइराखेका छन् । धेरै पुरानो समय नपुगे पनि पंचायत काल र राजा महेन्द्रको कु दृष्टि टुडिखेलमा परेको विभिन्न माध्यमको पढाइले प्रमाणीत गर्दछ । रानी रत्नको नाममा पार्क, पुरानो एैतिहासिक चौतारो मास्ने काम राजा महेन्द्रकै समयमा भएको भयो । २०४६ सालको परिवर्तन पछि पनि के गरियो भन्ने प्रश्न हाम्रा सामु प्रश्नका रुपमा छ ।


यतिखेर बसपार्क टुडिखेलमा सारिएको छ । नगरपालिका पनि टुडिखेल मास्न उद्दत देखियो । सेनाको अतिक्रमण पार्टी प्यालेससम्म बनाएर गरेको छ । अहिले टुडिखेल निर्माण सामान जम्मा गर्ने स्थान बनेको छ । यो सबै गर्न कसले दिएको छ ? जसले जे गरे पनि हुने हो की ? यसको रेखदेख, नियमन कानुन केही छ की ? कांग्रेसको स्पष्ट एउटै दृष्टिकोण बन्नु पर्छ अर्को तर्फ सबैसँग सामुहिक रुपको टडिखेलका प्रतिको दृष्टिकोण पनि देखिनु पर्छ । यतिखेर उठिरहेको जनताको विरोधले गति लिदैछ । हामी सबै आजैबाट लागौं, आफ्नो दृष्टिकोण स्पष्ट बनाऔं ।
अर्को कुरा राज्यसँग रहेको जमिन कुनै पनि संस्था बनाएर लिने र दिने निर्माण गर्ने कुरा घातक रहेछ भन्ने अहिले भइरहेको बसपार्क र टुडिखेलले देखाएको छ । सैनीक मञ्च सेनाको क्याप्चरमा र खुलामञ्च नगरपालिका र ठेकेदारको क्याप्चरमा रहेको अवस्था छ । यसमा हामी सबै सजग, सक्रिय र आन्दोलीत रहन जरुरी छ ।

ई. सुशन बैद्य अकुपाइ टुडिखेलका अभियन्ताले आदरणीय बौद्धिक नेता नरहरि आचार्य ज्यूले हाम्रो विषयमा चासो लिएर हामी यहाँ आएर बोल्न पाउदा उहाँप्रति आभार व्यक्त गर्दछु । कतिपय सन्दर्भमा अभियन्ताहरुलाई नचाहिने काममा समय खर्च गरिरहेका छौं कि भन्ने पनि लाग्छ । फेरि कपिपय अवस्थामा हामीलाई मात्रै चाहिने जनतालाई चाहिने रहनेछकी भन्ने पनि लाग्छ । यस्तो कार्यक्रमले हामीमा उत्साह भरेको हुन्छ ।
हामीले ३ महिनृ कार्यक्रम घोषणा गरेका छौं, त्यसपछि कडा किसिमको कार्यक्रम लिएर आउने छौं ।

गणपतिलाल श्रेष्ठ अकुपाइ टुडिखेलका अभियन्ताले सम्पदा, संस्कृतिलाई माया गर्नुपर्छ भनेर १६ वर्षको उमेरदेखि लागिरहेको अवस्था हो । अहिलेको मुख्य विषयमा अतिक्रमण जुन किसिमले बढेको छ त्यसका विरुद्ध हामीले संघर्ष गरिरहेका छौं लडिरहेका छौं । देशभरकै खुला र सार्वजनिक ठाउँहरु बचाउनु पर्छ भनेर देशकै प्रतिनिधित्व गराउने हिसावले हामीले अकुपाई टुडिखेल अभियान चलाएका छौं । जनप्रतिनिधिहरु जोसँग अधिकार छ काठमाडौं महानगरपालिका सांसदहरुलाई अधिकार बोध गराउन प¥यो भनेर जनतादेखि जनप्रतिनिधिसम्म अभियान संचालन गरेका छौं । अभियान सकारात्मक रुपमा आइपनि रहेको छ । हाम्रो युवाहरुको समुह छ अन्तिम समयसम्म हामी लागिनै रहनेछौं । खुलामञ्चमा ५२ वटा सटर निकाले पछि हामी लड्यौं । काठमाडौं महानगरपालिकाका मेयर संस्कृति, सम्पदाको केन्द्र लगन जस्तो ठाउँको हुनुहुन्छ । उहाँसँग पहिलेदेखि सँगै काम गरेको पनि हो । अहिले २०७२ सालको भुकम्प पछि उहाँले आफुले गर्ने अहोभाग्य पाएर पनि अगाडि बढ्न नसकेको दुःखद् अवस्था हो ।


हामी यो बचाउनु पर्छ, भोलिका पुस्तालाई दिने कुरा यही हो भनेर लागेका छौं । हामी हेरिटेजको निर्माणसँग सबै कुरालाई पूर्ण गराउन लागि रहेका छौं । अकुपाई टुडिखेलले शनिवार बौद्धिक भेलाहरुको अभियान चलाई रहेका छौं । हामीले जनप्रतिनिधिलाई उत्तरदायित्व बोध गराउने र जनतामा पनि आफ्नो अधिकारसँगै दायित्व बोध पनि गराउने किसिमले काम गरिरहेका छौं । हामीले प्रतिकको रुपमा खरिको बोट रोपेका छौं, त्यसको संरक्षणमा पनि हामी लागेका छौं ।
काठमाडौं मेयरले यसलाई राजनीतिक रंग दिदै बोल्दै हिडिरहनु भएको अवस्था छ तर हामी कुनै राजनीति रुपमा यो काम गरिरहेका छैनौं । उहाँले ३ महिनामा खालि गराउने भन्नु भएको छ त्यसलाई हामीले सकारात्मक रुपमा लिदै धन्यवाद दिदै प्रतिबद्धता सहित भएर उहाँलाई भनेका छौं । घरदैलो अभियान हामी चलाउदै छौं । चुनावको समयमा धेरै सहभागी हुनुहुन्थ्यो भीमसेनदास प्रधान, वीरेन्द्रभक्त श्रेष्ठ, ध्यानगोविन्द रञ्जीत लागि रहनु भएको छ । यसैगरी जीवनराम श्रेष्ठ, केशव स्थापितहरु जुन किसिमले संचार माध्यमहरुमा बोलिरहनु भएको छ उहाँहरु समक्ष हामी बाजागाजा सहित जादैछौं उहाँहरुलाई यसमा बाध्नकालागि । यो ३ महिनामा हामीले यसलाई खुला गर्न सक्नु पर्छ, हामीलाई बार लगाएको पनि चित्त बुझ्दैन । निर्माण सामग्री राखेकोमा भवनहरु पुरा भइसकेका छन्, बसपार्कको सम्बन्धमा हाम्रो भ्यूटावर बन्न हुदैन भन्ने हो मद्दा लिएर नै हामी अगि कढी रहेका छौं । अहिले काठमाडौं महानगर पालिकाको बदमासी काम भ्यूटावर १२ तला बनाउने भन्ने भएकोमा समयमा गर्न नसकेकोले कार्वाही हुनु पर्नेमा समय थप र तला थपेर २२ गरेर नगरपालिकाले जालसाची गरेको देखियो । जुन प्रयोजनले त्यो जग्गा जमिन दिइएको थियो त्यही प्रयोग हुनु पर्नेमा भुकम्प पछि थप खुला ठाउँ बनाउनु पर्नेमा यस्तोकाम गर्दा अब हामी बस पार्कलाई बसपार्ककै रुपमा रहनु पर्ने छ । हामी ३ महिनामा यो मिसन पुरा गर्नेछौं । सरकार लालपुर्जा भएको जनताको घरमा डोजर चलाउन सक्नेले देशको मुहार फेर्नलाई यो काम गर्न जे पनि गर्न सक्नु पर्छ ।

संजय अधिकारी अकुपाई टुडिखेलका अभियन्ताले कोही प्रकृतिप्रेमी, कोही संपदाप्रेमी, कोही इतिहासप्रमेमी र कोही राजनीतिज्ञ हुन्छन । हाम्रो देशमा यि सबैले आआफ्नो ठाउँमा मात्र बसेर काम गरेको एकै ठाउँमा बसेर काम नगरेको अवस्थामा छौं । यो टुडिखेल भन्ने थलोमा जहाँ प्राकृतिक रुपमा पानीको रिचार्ज हुने, काठमाडौंलाई सासफेर्न दिने, सास्कृति रुपमा तलेजुसँग जोडिएको गुरुमापादेखि धेरै साँस्कृतिकुराहरु त्यहाँ जोडिएको छ । हाम्रो मालपोतमा सरकारी जग्गा र सार्वजनिक जग्गा भन्ने हुन्छ यसलाई सरकारी जग्गा भनेर सम्पूर्ण रुपमा सरकारको नियन्त्रणमा भएको बनाइएको रहेछ । हामी जनता सार्वभौमसत्त सम्पन्न हुनैनसकेको प्रतिकको रुपमा यसलाई हेरेर जनताले जब अकुपाई गर्छ त्यसपछि त्यो जनताको हुन्छ भनेर हामीले अकुपाई भन्ने नाम राखेर अभियान सुरु गरेको हो ।


यतिखेर कांग्रेस पार्टी हाम्रो पक्षमा कम्युनिष्ट पार्टी हाम्रो विपक्षमा जस्तो भयो । हामीले गर्न खोजेको के हो भने हामी माननीय होइन, सम्माननीय पनि होइन, नेपालको संविधान धारा ४८को पालना गरेको हो । यो धाराले के भन्छ भने हरेक जतालाई एउटा दायित्व तोकिदिएको छ कि सार्वजनिक जग्गाको रक्षा गर्नुपर्दछ । हामी नेपाली जनताले यो दायित्व पुरा गर्नुपर्छ । माननीय, सम्माननीय लेख्ने मानिसले हामीलाई सहयोग गर्ने कि नगर्ने भन्ने प्रश्न मात्र हामीले अघि बढाएका हौं ।

कार्यक्रममा आफ्नो विचार श्याममणी आचार्य, रामकृष्ण डंगोल, माइला डंगोल, हरिमान श्रेष्ठ, अनिष श्रेष्ठ टोपेन्द्र रानामगर लगायतले राख्नु भएको थियो ।