सहिद ठगिराज दाहालकी आमाको मृत्युु


हरेकपल November 24, 2019

ओखलढुुङ । मोलुुङ गाँउपालिका – २ ओखलढुुङगाकी सहिद ठगिराज दाहालकी आमा शिबमाया दाहाल को ९० बर्षको उमेरमा आज निधन भएको छ । निज शिबमायाका ठगिराज दाहाल सहित सोम प्रसाद दाहाल र रामहरि दाहाल गरि तिन जना छोराहरु भएकोमा प्रजातन्त्र प्राप्तीका लागि सशस्त्र क्रान्तीमा होमिनुुभएका सहिद ठगिराज दाहाललाई मिति २०३१ साल असोज १३ मा तत्कालीन सरकारले हत्या गरेको थियो । सहिद ठगिराज दाहाल सहित गोकर्ण कार्की, र लिला दाहाललाई नक्खुुजेलबाट मध्यरातमा निकाली नक्खुु दोबाटोमा लगेर गोलि हानि हत्या गरिएको थियो ।