प्रथम मालिका अधिवेशन सम्पन्न


हरेकपल November 24, 2019

म्याग्दी । नेपाल राष्ट्रिय मगर संघको संगठन बिस्तार गर्न संचालित “समाज रुपान्तरणका लागी लोकतन्त्र अभियान” अन्तरगत नेपाल राष्ट्रिय मगर संघ म्याग्दी जिल्ला समितिले जिल्लाका पालिका हरुमा संघको अधिवेशन गर्ने क्रममा २०७६ मङ्सिर ७ गते नेपाली कांग्रेस म्याग्दी सभापति खम बहादुर गर्बुजा ( खम्बिर) को प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

उदघाट्न समारोहलाई सम्बोधन गर्दै गर्बुजाले मगर समुदायले आफ्नो पहिचान जोगाउन सक्रियता बढाउनु पर्ने बताउनु भयो साथै नेपाली कांग्रेसले मगर समुदायको नेतृत्व विकास गर्दै पार्टी र राज्यका विभिन्न तहमा स्थापित गराउन लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्रथम मालिका अधिवेशनले मोहन बहादुर पुन मगरको सभापतित्वमा उपसभापति तुकमान जुग्जाली मगर, सचीव योगेन्द्र रोका मगर, सहसचिव तारा रोका मगर, कोषाध्यक्ष बालकुमारी फगामी मगर, सदस्यहरु तम बहादुर पुन मगर, नरदेवी पुन मगर, रेशम पुन मगर, जमानसिह घर्ती मगर, रुपदेवी घर्ती मगर, किरण थापा मगर, हर्कमान जुग्जाली मगर, देवि बुढा मगर र हरि प्रकाश पुन मगर रहेकोे पालिका समिति सर्वसम्मत चयन गर्‍यो । कार्यक्रम संघको जिल्ला सभापति हिरा पुन मगरको अध्यक्षता र सचीव तुलसी पुर्जा मगरको संचालनमा भएको थियो ।