वडाअध्यक्षको गाडीमा शक्तिशाली बम विस्फोट


हरेकपल November 25, 2019

काठमाडौं ९ मंसिर ।  पोखरामा वडाअध्यक्षको आडीमा बम विष्फोट भएको छ । पोखरा महानगरपालिका–३३ का वडा अध्यक्ष शिव आचार्यको घरमा पार्किङ गरेर राखीको गाडीमा आइतवारराति बम विस्फोट भएको हो ।

अध्यक्ष आचार्यको पोखरा १७ विरौटामा रहेको घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा करिब २ बजेर ४५ मिनेटमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

बम कसले विस्फोट गराएको हो भन्ने खुल्न सकेको छैन । बम विस्फोटबाट गाडीको अगाडीको भागमा क्षति भएको पुगेको छ । अन्य क्षतिको विवरण खुल्न सकेको छैन । घटनाको बारेमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।