कविता


हरेकपल November 28, 2019

बन्धनमा परेर हो कि, म त हराउँदैछु

आशाहरू मरेर हो कि, म त हराउदैछु

आफु आफैमा खोज्नु पर्ने भयो अचेल

प्रयत्नहरू नगरेर हो कि, म त हराउँदैछु

पौडिन म जान्दिन सागर किन खोजौँ र !

नयनमा पानी भरेर हो कि, म त हराउँदैछु

कुनै दिन थिए, वाहा वाहामा गुञ्जन्थेँ म

ओझेल छोडि नसरेर हो कि, म त हराउँदैछु ।