‘मेरो कथा ‘सार्बजनिक


हरेकपल December 16, 2019

काठमाडौं, ३० मंसिर । समाजसेवी र गायक र संगीतकार जितेन बान्तवा राईको यथार्थ कथामा आधारीत ‘मेरो कथा ‘ गीतको भिडियो सार्बजनिक भएको छ। सार्बजनिक भए लगत्तै आम दर्शक स्रोता माझ निकैनै लोकप्रिय भैसकेको छ ।

सार्बजनिक भएको गीत ‘मेरो कथा‘ मा गायक जितेन बान्तवा राईको आवाज तथा संगीत रहेको छ भने, रचना राम सोभा राईको रहेको छ। संगीत संयोजक पुस्कर सुनुवार हेकोछ। ‘मेरो कथा’को को गीती भिडियोमा उमेश राई ‘फुलन्देको आमा ९उमेश राई० र रश्मी भट्टको निकै मार्मिक अभिनय हेर्न सकिन्छ भने, छायांकन ज्ञानेन्द्र शर्मा रसम्पादन मोहन सुनुवार ‘नबिन ‘को रहेको छ । उक्त गीतको भिडियोमा निर्देशन स्वयम् गायक तथा संगीतकार जितेन बान्तवा राईलेनै गर्नु भएको छ ।

उक्त गीतको भिडियोमा गुल्मीस्थित छत्रकोट गाउँपालिका एउटै घरका चार जना जन्मजात’नै अपांग भएका भुपाल थामी’ बलबहादुर थामी, रामबहादुर थामी, र छोरी देवीमाया’को पनि मार्मिक अभिनय रहेको छ । गायक संगीतकार जितेन बान्तवा राईले उनीहरुको जिबन चर्यालाई गीतको माध्यमबाट यथार्थ चित्रण गरी नेपाली गीत संगीत प्रेमीहरु माझ ल्याएका छन् ।

अपाङ्ग हरुको व्यथालाई बडा मार्मिक तरिकाबाट (मेरो कथा बोल) आम दर्शक स्रोता माझ पुर्याउने गायक संगीतकार सामाज सेवी ‘जितेन बान्तवा’को यो उदाहरणीय़ कार्यको चौतर्फी चर्चा भै रहेको छ ।