आज प्रदोषव्रत, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ पौष २३ गते


हरेकपल January 8, 2020


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल पौष महिनाको २३ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जनवरी महिनाको ८ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत पौषशुक्लपक्षको त्रयोादशी तिथि राति २।३४ बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य र बृहस्पति धनु राशिमा रहेका छन् । रोहिणी नक्षत्र दिवा २।५९ बजेसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भादिमा शुक्ल योग, आन्दादिमा शुभ योग र गर करण रहेका छन् । आज काठमाडौँमा सूर्योदय ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२३ बजे हुनेछ ।


चन्द्रमा आज वृष राशिमा छन् । आज प्रदोषव्रत परेको छ । त्रयोदशीयुक्त रात्रिकालीन समय हुने दिन प्रदोष्व्रत बस्नुपर्दछ । विशेषतः आजको सन्ध्याकालनि समय दोषयुक्त रहने भएकाले केवल शिवजीको उपाना मात्र शुभ फलदायी रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्