मनका छ शत्रु के के हुन् ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल January 8, 2020

त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मनः ।
कामः क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं त्यजेत् ।।
–विदूर नीति

काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य (ईष्र्या वा डाह) यी मनका शत्रु, नरकका छ द्वार हुन्, जो सदा त्याज्य छन् ।


मनमा छ प्रकारका शत्रुको निवास रहेको हुन्छ । यिनै शत्रुले हाम्रा दैनन्दिनी जीवनलाई असहज बनाइरहेका हुन्छन् । मनको पहिलो शत्रु भनेको काम हो । कामाशक्तिले मनलाई विभ्रममा पारिरहेको हुन्छ । काम वासनाले अन्यकार्यप्रति चित्त स्थिर गराउँन सक्दैन फलस्वरूप मान्छे त्यही वासनाकै पछि लागेर जीवनलाई सार्थक बनाउन सक्दैनन् ।


यसैगरी अर्को शत्रु भनेको क्रोध हो । क्रोधले मान्छे स्वयंलाई जलाउने गर्दछ । क्रोध सर्वथा त्याज्य हुन्छ भन िबताइउको छ । क्रोधले आवेशमा जस्तासुकै घटना घटाउनसक्ने भएकाले असल जीवनका निीमत क्रोध सर्वथा त्यज्य छ । किकि क्रोधलाई पनि नरकको ढोक नै मानिएको छ ।
यसैगरी मनको अर्को खराब शत्रु लोभ हो । लोभले गर्दा मान्छे अनेकौँ दुःखमा फसिरहेका हुन्छन् । अतिलोभ नगर्नू भनिएको छ । लोभले लाभ भएपनि लाभले पुनः विलापको बाटो समाउने भएकाले अतिलोभ गर्नुहुँदेन भनिएको हो । लोभको पछि लाग्नु पनि नरकको ढोकातिर नै लम्किने भएकाले पनि सार्थक जीवनका निम्ति अतिलोभ सर्वथा त्याज्य मानिएको छ ।


यसैगरी महात्मा विदुरले मोह अर्थात् मायालाई पनि मनको शत्रु मानेका छन् । यो संसारी मायँ जलमा फस्नु हुँदैन जसले मोक्षको मार्गलाई अवरुद्ध गर्छ भनिएको छ ।
यसैगरी मनको अर्को शत्रु मद पनि हो । मद भनेको कुनै पनि वस्तु प्रतिको गौरव भावपूर्ण अहंकार हो । धनको मद, वैँसको मद, विद्या आदि ह्ने गदृछन् । मदोन्मत्त मान्छेले अरुलाई गन्न सक्दैनन् र स्वयं अधोगतितर्फ धकेलिन्छन् । यसैगरी छैटौँ मनको शत्रु भनेको मात्सर्य हो ।

मात्सर्य भनेको ईष्र्या भवा हो । डाह वा ईष्र्याले पनि मनलाई विचलित गराइरहेको हुन्छ । ईष्र्याको पछि लाग्ने व्यक्तिको जीवन सार्थक नहुने भएकाले यसलाई पनि त्याग्न सक्नुपर्दछ भनिएको छ । अतः मनका छ शत्रु काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य (ईष्र्या वा डाह) नरकका ढोका भएकाले सर्वथा त्याज्य छन् भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य –